यही अप्रिल १९ देखि २८ सम्म अमेरिकाको न्यूयोर्कमा हुने ‘२०१९ न्यूयोर्क इन्टरनेशनल अटो शो’ले यति बेला विश्वभारका कार उत्पादक कम्पनीहरुको ध्यान खिचेको छ ।
न्यूयोर्क स्थित ज्याकोव जाभिटस् कन्भेन्सन सेन्टरमा हुने अटो शो १७ र १८ अप्रिल भने मिडिया डेका रुपमा रहने छ । यो अटो शोले विश्वभरका कार निर्माताहरुलाई एकितृत गर्ने छ ।
यो वर्षको न्यूयोर्क अटो शोमा चर्चित जर्मन सवारी उत्पादक कम्पनी बीएमडब्लूको भने सहभागीता रहने छैन । त्यस्तै मिडिया डेमा जनरल मोटर्स पनि देखिनै छैन । तर शोमा भने रहने जनाइएको छ ।
यद्यपी अटो शोमा एप्पलको समेत सहभागिता रहने छ । त्यस्तै हुन्डाईले आफ्नो सबकम्प्याक्ट क्रसओभर भेन्यू तथा नेक्स्ट जेनेरेसन सोनाटासमेत प्रदर्शन गर्नेछ । त्यस्तै जर्मन कार उत्पादक पोस्र्चले क्यानी कुपे, मर्सिडिज–एएमजी ए३५ सेडान र लिंकोन कोर्सिअर सार्वजनिक हुनेछ ।
माज्दा र फोर्डले भने न्यूयोर्क अटो शोमा नयाँ कार नल्याउने जनाइएको छ । अन्य विभिन्न कम्पनीहरुले नयाँ–नयाँ मोडलका कारहरु सार्वजनिक हुनेछन् ।


