काठमाडौं । सिप्रदी ट्रेडिङले आफ्ना सबै कारको बीएस ६ इन्जिनमा बुकिङ खुल्ला गर्ने भएको छ । आजबाट बुकिङ खुल्ला भएको बीएस ६ इन्जिनमा टाटाले नेक्सन, टिगोर, टियागो, अल्ट्रोज र एच५ को बुकिङ लिने जनाएको छ ।
सिप्रदी ट्रेडिङले आफ्नो चर्चित सब फोर मिटर एसयूभीको सुरुवाती १०० यूनिट बुकिङ गर्ने ग्राहकलाई आकर्षक उपहार प्रदान गर्ने जनाएको छ । जसमा आइफोन १२, आकर्षक नगद छुट, एक्सचेन्ज बोनस तथा १ वर्षको फ्रि सर्भिसिङ समेत दिने जनाएको छ ।
टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदीले नयाँ बिएस ६ इन्जिनमा आउने पेट्रोल नेक्सनको सुरुवाती मूल्य करिब ४० लाख रुपैयाँ राख्ने भएको छ, भने यसको टप भेरियन्टको मूल्य करिब ४७ लाख रुपैयाँ पर्ने छ । नेक्सन अटोमेटिक गियर अप्सनमा समेत उपलब्ध हुने भएको छ । टाटा नेक्सन फेसलिफ्टमा सनरुफ समेत रहने छ ।
कम्पनीले ल्याउने नयाँ फेसलिफ्ट नेक्सनको डिजेल इन्जिन भएको गाडी टप भेरियन्टमा मात्र उपलब्ध रहने छ । यसको मूल्य ५० लाखभन्दा केहि कम रहने अनुमान गरिएको छ । डिजेल भेरियन्ट भने बीएस ४ इन्जिनमा नै आउने छ ।
अहिले नयाँ गाडी बुकिङ गर्ने ग्राहकले २५ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् । गाडी बुकिङ गर्ने ग्राहकले फेब्रुअरी अन्तिमसम्ममा डेलीभरी दिइसक्ने छ ।


