काठमाडौं । फ्रेन्च कार उत्पादक कम्पनी प्यूजोको ‘प्यूजो ५००८’ एसयूभी नेपालमा कमै चर्चा हुने गरेको छ । नेपालका लागि आधिकारीक वितरक साँग्रिला मोटर्सले विक्री गर्दै आएको ‘प्युजो ५००८’को मूल्य १ करोड ५८ लाख रुपैयाँ रहेको छ ।
आधुनिक फिचरहरुले सुसज्जीत यो आकर्षक एसयूभी नेपाली बजारमा उपलब्ध थुप्रै प्रिमियम एसयूभीहरु मध्यको उत्कुष्ट मान्न सकिन्छ । कम्पनीले प्यूजो ५००८ को जीटी लाइन भेरियन्टम मात्र नेपालमा विक्री वितरण गर्दै आएको छ ।

यस एसयूभीमा दुईवटा स्कृनसहितको आकर्षक ड्यासबोर्ड पाउन सकिन्छ । थुप्रै हाइटेक प्रविधि सहितको ककपिट मोडलको ड्यासबोर्डले झट्ट हेर्दा नै ग्राहकलाई लोभ्याउने सामथ्र्य राख्छ । फुल पानारोमिक सनरुफ, लेदर सिट, वान टच इलेक्ट्रिकल्ली कन्ट्रोल्ड अटोमेटिक गियरबक्सले यसको प्रिमियमनेसलाई झल्काउँछ । सुरक्षाका लागि सबै आधुनिक फिचरहरु उपलब्ध यो एसयूभीमा चारै चक्कामा डिस्क ब्रेक रहेको छ ।
प्यूजो कम सीसीको इन्जिनमा बढी पावरको लागि पनि चिनिन्छ । प्यूजो ५००८ मा पनि १.६ लिटर क्षमताको फोर सिलिण्डर टर्बो चार्ज्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १६५ हर्स पावरको साथै २४० एनएम टर्क उत्पादन गर्छ । यो एसयूभीमा ६ स्पीडको अटोमेटिक गियरबक्स दिएको छ । यसको उच्चगति क्षमता २०६ किलोमिटर प्रतिघन्टा रहेको छ । यसले सून्यदेखि १०० किलोमिटरको स्पीड केवल ८.९ सेकेन्डमा भेट्टाउने कम्पनीले दाबी गरेको छ ।
प्यूजो ५००८ एसयूभीको लम्बाई ४६१४ एमएम, १८४४ एमएम चौडाई र १६४० एमएम उचाई रहेको छ । यसमा २८४० एमएमको ह्वीलवेस पाउन सकिन्छ । १८ इन्चको डायमण्ड कट ड्यूल टोन अलोय ह्वील र २३६ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।


