हुन्डाईले नयाँ ग्रान्ड आइ–१० ल्याउने भएको छ । कम्पनीले आफ्नो वेस्ट सेलिङ ह्याचब्याक कार ग्रान्ड आइ–१० को थर्ड जेनेरेसन ल्याउने तयारी गरेको हो । मेमा भेन्यू सार्वजनिक गरे पश्चात् जुलाईमा नयाँ ग्रान्ड आइटेन सार्वजनिक गर्ने योजना हुन्डाई इन्डियाले बनाएको छ ।
हुन्डाईले थर्ड जेनेरेसन ग्रान्ड आइ–१० मा निक्कै परिमार्जन गर्ने जनाएको छ । नयाँ ग्रान्ड आइटेनको फ्रन्ट डिजाइन फ्लुडिक डिजाइन ल्यांग्वेजमा हुनेछ । त्यस्तै इन्टेरियमा पनि निक्कै परिर्वतन गर्ने जनाएको छ ।
दोस्रो जेनेरेसनको ग्रान्ड आइटेनको तुलनामा तेस्रो जेनेरेसनमा स्पेस ठूलो हुनेछ । ड्यासबोर्डमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एयरक्राफ्ट इन्सपायर्ड एयर भेन्ट समेत यसमा हुनेछ ।
नयाँ ग्रान्ड आइटेनमा डियूल फ्रन्ट एयरब्याग, इबीडी सहितको एबीएस, रिभर्स पार्किङ सेन्सर, स्पीड सेन्सेटिभ डोर लक, हाइस्पीड अलर्टलगायत सुरक्षा विशेषता हुने छन् । नयाँ प्रदूषण मापदण्ड अनुसार बीएस–६ युक्त १.२ लिटर इन्जिनमा आउने छ । यसमा ५ स्पीड म्यानुअल र ५ स्पीड स्मार्टअटो एएमटी हुनेछ । नयाँ ग्रान्ड आइ–१० ले पुरानो ४ स्पीड अटोमेटिक ट्रान्समिसनलाई विस्थापित गर्नेछ ।
हुन्डाई ग्रान्ड आइ–१० भारतीय बजारमा मारुती सुजुकी स्वीफ्ट पछिको दोस्रो लोकप्रिय कार हो । थर्ड जेनेरेसन ग्रान्ड आइटेन आएपछि यो सेगमेन्टमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

