यस्तो छ नयाँ पल्सर-२५०, कति पर्ला मूल्य ?

बजाजले २०१९ को मध्यतिर भारतीय बजारमा पल्सर २५० मोटरसाइकल ल्याउने भएको छ । बजाज पल्सर २५० मा केटीएम ड्यूक २५० बाट प्रेरित रहने छ भने, नेकेड मोडल पल्सर एनएस २०० को जस्तै विशेषता दिइएको छ । 

पल्सर–२५० लाई बजाज कम्पनीले भारतीय बजारमा ल्याएको मध्ये सबैभन्दा पावरफूल मोटरसाइकलको रुपमा लिइएको छ । यसमा केटीएम ड्यूक–२५० मा प्रयोग गरिएको इन्जिन लगाइएको छ । २४९ सीसी सिंगल सिलिन्डर, लिक्विड–कुल्ड इन्जिनले उत्कृष्ट आउटपूट दिने कम्पनीको दाबी छ । 

यसको इन्जिनमा सिक्स–स्पीड गियरबक्स लगाइएको छ । सोही इन्जिनले केटीएम ड्यूक–२५० मा ३० पीएस पावरकासाथै २४ एनएम–टर्क उत्पादन गर्छ । यसको अलवा इन्जिनमा बजाजको ट्रीपल–स्पार्क प्रविधिको प्रयोग गरिनेछ । 

यसमा ३० पीएस पावरका साथै २५ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ । यसमा परिमार्जित ह्यान्डलिंग, फ्रन्टमा अप साइड डाउन फर्क, रियरमा मनोशक लगाइएको छ । यसमा स्लिपर क्लच, फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा डबल च्यानल एबीएस स्टायाडर्ड फिचर दिइएको छ । 

यसमा स्प्लिट सिट, इन्स्ट्रुमेन्ट क्लस्टर, गियर इन्डीकेटर, टेकोमिटर, स्पिडोमिटर फ्युल गजलगायतका विशेषता दिइएको छ । बजाजले मोटरसाइकललाई परिमार्जन गर्दै नयाँ स्वरुप प्रदान गरेको छ । यसमा नयाँ विशेषता तथा आकर्षक पक्ष समेटिएका छन् । जसअन्तर्गत पल्सर–२५० मा फूल एलईडी हेडल्याम्प्स, टीएफटी डिस–प्लेसँगै ब्लू–टुथ कनेक्टिभी उपलब्ध हुनेछ । 

बजाजले पल्सर–२५० को मूल्य १ लाख ३० हजारदेखि १ लाख ५० हजार भारतीय रुपैयाँसम्म निर्धारण हुने अनुमान गरेको छ । यसमा उपलब्ध एड्भान्स विशेषता तथा पावरफूल इन्जिनको कारण कम्पनीको पोर्टफोलियो हालसम्म उत्पादन भएकामध्ये सबैभन्दा महंगो मोडल पल्सर २५० बन्ने अनुमान गरिएको छ । 


Back_to_top