निसान ड्याडसनको ‘मेगा महा जात्रा’ हुने, यस्ता छन् अफर

काठमाडौं । निसान ड्याडसनको आधिकारीक डिलर मेगा मोटर्स प्रालिले ग्राहकहरुलाई उच्चतम् सेवा र सुविधा दिने लक्ष्यका साथ रक्षा बन्धन तथा गाई जात्राको अवसर पारेर ‘मेगा महा जात्रा’ योजना ल्याएको छ । 

मेगा महा जात्रा योजना साउन ३० गतेदेखि ३२ गतेसम्म मेगा मोटर्सको महाराजगञ्ज सोरुममा आयोजन हुनेछ । यस जात्रामा भ्रमण गरी गाडी खरिद गर्ने ग्राहकहरुले सित्तैमा बनारसी साडी, एयर कन्डिसन, इन्सुरेन्स, फुल ट्याङ्क इन्धन, दुई जनालाई इन्डोनेसिया (वाली)को टुर, पाँच वर्ष सम्मको फ्री सर्भिस, क्यास ब्याक साथै स्पेसल नगद छुट पाउनेछन् । 

साथै पुराना निसान ड्याडसन उपभोक्ता कर्ताले रिफरल गरेको खण्डमा पनि स्पेसल उपहारको व्यवस्था समेत गरेको छ । उक्त जात्रामा पुरानो गाडी सट्टा पट्टा गर्ने ग्राहकको गाडीलाई उचित मुल्याङ्कन गरी बैंक फाइनान्सको पनि सुविधा समेत दिइने आयोजकले जनाएको छ ।  

यस योजना अटोमोबाइल्स उद्योगमा अहिलेसम्मकै राम्रो योजना हुने कुरा मेगा मोटर्सका बजार शाखा प्रबन्धक दिक्षा पनेरुले  जानकारी गराएकी छिन् । 


Back_to_top