काठमाडौं । निसानको लागि नेपालको आधिकारीक वितरक पायोनियर मोटोकर्पले किक्सलाई फागुन ५ गतेबाट आधिकारीक रुपमा नेपाली बजारमा विक्री वितरण सुरु गर्ने जनाएको छ ।
कम्पनीले किक्सको सुरुवाति मूल्य ४८ लाख र टप भेरियन्टको मूल्य ५९ लाख रुपैयाँ निर्धारण गरेको मेरोअटोले जानकारी प्राप्त गरेको छ । यद्यपी कम्पनीले आधिकारीक मूल्य भने बाहिर ल्याएको छैन ।
कम्पनीले भारतीय बजारमा सुरुवाति महिनामा नै १३७० युनिट बिक्री गर्दै सफल इन्ट्री गरेको विष्लेषण गरिएको छ । यसले नेपाली बजारमा कस्तो व्यापार गर्ला त्यो भने हेर्न बाँकी नै रहेको छ ।
डिजेल र पेट्रोल दुबै अप्सनमा उपलब्ध रहने किक्समा १.५ लिटरको इन्जिन लगाइएको छ । यसमा दिइएको १४९८ सीसी क्षमताको पेट्रोल इन्जिनले १०६ पीएस पावर र १४२ एनएम टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ११० पीएस पावर र २४० एनएम टर्क जेनेरेट गर्छ ।
किक्समा स्ट्यान्डर्ड फिचरको रुपमा सबै भेरियन्टमा ड्यूल फ्रन्ट एयरव्याग, ईबीडीसहितको एबीएस, आईएसओफिक्स चाइल्ड सिट माउन्ट रहनेछ । यसको टप भेरियन्टमा साइड–एयरव्याग, ईएसपी र हिल–स्टार्ट असिस्टको फिचर पनि रहनेछ ।
यसको टप भेरियन्टमा साइड–एयरव्याग, ईएसपी र हिल–स्टार्ट असिस्ट, ३६० डिग्री क्यामराको फिचर रहेको छ ।
यसमा रहेको अन्य फिचरहरूमा एलईडी प्रोजेक्टर हेडल्याम्प, रेन्सेन्सिङ्ग वाइपर, कुल्ड र इलूमिनेटेड ग्लोभ–बक्स, क्रूज कन्ट्रोल र ८ इन्चको एन्ड्रोइड अटो तथा एप्पल कार–प्ले सपोर्ट गर्ने इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।

