बजाज अटोले आगामी ६ महिनाभित्र आफ्नो इलेक्ट्रीक प्रिमियम स्कुटर अर्बानाइटको बिक्री–वितरण सुरु गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ बिक्रेता तथा नेटवर्किङ्गमार्फत् नयाँ प्रोडक्टको बिक्री–वितरण सुचारु गर्ने तयारी गरेको हो ।
उक्त इलेक्ट्रीक स्कुटरले कस्तो बजार पकड्छ, सो विषयको अध्ययनपश्चात् मात्र अन्य उत्पादनको बिक्री–वितरण सुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले अर्बानाइटको बजार मूल्याङ्कनपछिमात्रै अन्य ईभी मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने भएको हो । अन्य टु–ह्वीलर कम्पनीले जस्तै बजाजले पनि पछिल्लो समय इलेक्ट्रीक मोडलको उत्पादनलाई जोड दिएको छ । यसका अलावा कम्पनीले इलेक्ट्रीक अटो रिक्सा र क्यूट क्वार्डिसाइकलको इलेक्ट्रीक भर्सन लन्च गरिसकेको छ ।
कम्पनीले अस्ट्रियाको टु–ह्वीलर कम्पनी केटीएमको प्रविधिको अवलम्बन गर्ने आँकलन गरिएको छ । आगामी दिनमा उच्च पफर्मेन्स, आकर्षक डिजाइन तथा स्वरुपका ई–स्कुटर उत्पादन गर्ने दाबी गरेको छ ।
ती स्कुटरमा पावरफूल मोटर, ब्रेक–थ्रु प्रविधि तथा ठूलो ब्याट्री राखिने कम्पनीले जनाएको छ । यसको मूल्य करिब १ लाख भारुसम्म पर्न आउने अनुमान लगाइएको छ । यो स्कुटरले भारतीय बजारमा अथर ४५०, ओकिनावा आई–प्रेज इलेक्ट्रीक स्कुटरसँग प्रतिस्पर्धा गर्ने अनुमान लगाइएको छ ।

