काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा निर्जीवन बीमाशुल्क ११ अर्ब ७४ करोड ८३ लाख रुपैयाँ संकलन भएकोमा मोटर बीमाशुल्क ५ अर्ब ५ करोड ६८ लाख रुपैयाँ संकलन भएको छ । बीमा समितिको तथ्यांकअनुसार यो समग्र बीमाशुल्कको ४३.१८ प्रतिशत हो ।
चालु आर्थिक वर्षको पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल ६ अर्ब २९ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।
गतवर्ष कुल १० अर्ब १२ करोड ६८ लाख ७६ हजार रुपैयाँ मोटर बीमा शुल्क संकलन भएको थियो भने ५ अर्ब १३ करोड ६३ लाख ९८ हजार रुपैयाँ मोटर बीमा दाबी भुक्तानीमा खर्च भएको थियो ।
गतवर्ष निर्जीवन बीमामा कुल २२ अर्ब १९ करोड रुपैयाँ बराबर बीमा शुल्क संकलन भएको थियो । त्यसमध्ये १२ अर्ब ६३ करोड ९५ लाख ६१ हजार रुपैयाँ बराबर बीमा दाबी भुक्तानी गरेका थिए ।
आर्थिक वर्ष २०७३–०७४ सालमा मोटर बीमा शुल्क ९ अर्ब २७ करोड ६५ लाख ६३ हजार रुपैयाँ संकलन गरेका कम्पनीले दाबी भुक्तानीवापत् ४ अर्ब ९ करोड ९४ लाख ७२ हजार रुपैयाँ गरेका थिए ।
उक्त वर्ष निर्जीवन बीमातर्फ कुल २० अर्ब १ करोड ६५ लाख ६६ हजार रुपैयाँ बराबर बीमा शुल्क संकलन भएको थियो भने समग्रमा ११ अर्ब ४४ करोड १६ लाख ७४ हजार रुपैयाँ बराबर बीमा दाबी भुक्तानी भएको तथ्यांकले देखाएको छ ।

