यूएमको १२५ सीसी इन्जिनमा नयाँ एड्भेन्चर मोटसाइकल सार्वजनिक हुँदै

अमेरिकन मोटरसाइकल कम्पनी यूएमले भारतीय बजारमा नयाँ एड्भेन्चर मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो समय क्रूजर मोटसाइकल निर्माणमा जुटेको कम्पनीले भारतीय बजारमा भने १२५ सीसी क्षमताको एड्भेन्चर डीएसआर मोटरसाइकल ल्याउने तयारी गरेको हो । 

नेपाली बजारमा पनि भारतीय बजारमा उत्पादन हुने यूएमका बाइकहरू बिक्री–वितरण भइरहेका छन् । यूएमले भारतीय बजारमा रेनेगेट ड्यूटी–एस, रेनेगेट भेगास र डीएसआर एड्भेन्चर मोटरसाइकल बजारमा ल्याउने भएको हो । 

कम्पनीले रेनेगेट ड्यूटी–एस मोडल भारतमा सम्पन्न अटो एक्पो २०१८ र डीएसआर एड्भेन्चर इटालीको मिलानमा आयोजित ईकामा मोटरसाइकल शोमा प्रर्दशन गरेको थियो । यी मोडल यो वर्षको मध्यसम्ममा सार्वजनिक हुनेछन् ।

प्रोपर एड्भेन्चर डिजाइन थिममा निर्माण भएको डीएसआर, ई–एफआई र एड्भेन्चर टीटी १२५ ई–एफआई अफरोडिङ्ग दुई भेरियन्टमा उपलब्ध छ । दुबै मोटरसाइकलमा समान १२४ सीसी सिङ्गल सिलिन्डर इन्जिन लगाइएको छ । जसले १४.७ बीएचपी पावरका साथै १०.९ एनएम–टर्क उत्पादन गर्छ । 

रेनेगेट ड्यूटी–एस मोटरसाइकल हार्ले डेभिडसन आइरन–८८३ बाट प्रभावित रहेको कम्पनीले जनाएको छ । कम्पनीले यस मोडलमा राउन्ड हेडल्याम्प, न्यू फेन्डर लगाइएको छ । यो मोटरसाइकल हरियो कलरमा आउने कम्पनीले जनाएको छ । यो मोटरसाइकलमा २२३ सीसी क्षमताको सिङ्गल सिलिन्डर एयरकुल्ड र ओयलकुल्ड इन्जिन लगाएको छ । यसले ८ हजार आरपीएममा १७ पीएस पावरकासाथै ५ हजार आरपीएममा १७ एनएम–टर्क उत्पादन गर्छ ।

यसको फ्रन्टमा २८० मिमि डिस्क–ब्रेककासाथै रियरमा १३० मिमि डिस्क–ब्रेक दिइएको छ । यो मोटरसाइकलमा सिङ्गल च्यानल एबीएससहित आउनेछ । 

रेनेगेट भेनेसले भने कम्पनीले उत्पादन गर्दैआएको क्रूजर मोटरसाइकलको विशेषतालाई निरन्तरता दिएको छ । ती मोटरसाइकलमा उपलब्ध २८० सीसी सिङ्गल सिलिन्डर इन्जिन लिक्विड–कुल्ड इन्जिनले २५.४ एनएम–टर्ककासाथै २३ एनएम–टर्क उत्पादन गर्छ । यसमा डबल च्यानल एबीएसको विशेषता दिइएको छ । 


Back_to_top