जर्मन कार निर्माता कम्पनी फक्सवागेनले शिकागो अटोशोमा २०१९ जेट्टा जीएलआई मोडल सार्वजनिक गरेको छ । यो कार गल्फ जिटिआईजस्तै तिव्र गतिमा गुड्ने कम्पनीले जनाएको छ ।
यसमा टर्बाेचार्ज्ड २.० लिटर फोर सिलिन्डर इन्जिन लगाइएको छ । जसले, २८८ हर्ष पावरका साथै ३४९ एनएम टर्क उत्पादन गर्छ । २०१९ फक्सवागेन जेट्टामा फोर ह्वील इन्डिपेन्डेन्ट सस्पेन्शन र म्यानुअल ट्रान्समिसन लगाइएको छ ।
२०१९ जेटा जीएलआई दुई भेरियन्ट एसई र अटोवान अप्शनमा उपलब्ध रहेको छ । यसमा नर्मल, स्पोर्ट, ईको र कस्टमगरि चार ड्राइभिङ्ग मोडसँगै पाँचवटा कम्फर्ट मोड दिइएको छ ।
यसको ३५ औं एनिभर्सरी एडिशनमा ब्ल्याक रुफ, ब्लाक मिरर क्याप, ब्ल्याक स्पोइलर र युनिक ब्ल्याक ह्वील जस्ता विशेषता दिइएको छ ।
६ स्पीड म्यानुअल र ७ स्पीड डियुल क्लच गियरबक्समा उपलब्ध यस कारमा १८ इन्च अलोय ह्वीलका साथै, स्टार्ट र स्टप बटमको अप्शनसमेत दिइएको छ ।

