स्कुटर उत्पादक ओलाले अब इलेक्ट्रीक कार बनाउने, आफ्नै ब्याट्री प्रयोग गर्ने

काठमाडौं । भारतीय इलेक्ट्रीक स्कुटर उत्पादक ओलाले अब विद्युतीय कार पनि उत्पादन गर्ने भएको छ ।

कम्पनीले भारतीय सरकारी निकायमा नयाँ इलेक्ट्रीक कारको डिजाइन प्याटेन्ट दर्ता गरेसँगै कार बनाउने पुष्टी भएको हो ।

टलब्वाय प्रोफाइलमा देखिइएको ओलाको ईभी एमजीको कोमेट ईभी जस्तै देखिएको छ । तर, ओलाको ईभीमा ४ वटा ढोका र बुटस्पेश समेत रहेको देखिन्छ ।

नयाँ ईभीको डिजाइन इमेज हेर्दा कोमेट ईभी भन्दा ठूलो रहने प्रष्ट छ । इन्टेरियर स्पेश बढाउनको लागि यो ईभीमा ह्वीलको पोजिसन अगाडि र पछाडि पूरै छेउमा रहेको छ ।

ओलाको ईभी कारको फ्रन्ट फेसिया फ्ल्याट र साधारण बम्पर डिजाइनको छ । यसमा सार्प लाइलिङ एलिमेन्टस् र फुलविथ एलईडी स्ट्रीप रहेको देखिन्छ । यो कारमा चार्जिङ पोर्ट फ्रन्टमा रहेको छ भने सर्कुलर ह्वीलआर्क, प्रोमिनेन्ट डोर ट्रीम, फ्ल्याट डोर प्लानल, फ्ल्याट रुफ, फ्ल्याट बुट लिड र र्याप अराउण्ड टेलल्याम्प रहेको देखिन्छ ।

कम्पनीले यो ईभीको स्पेसिफिकेसनका बारेमा आधिकारिक जानकारी दिएको छैन । तर, उक्त कारले २०० देखि २५० किलोमिटरसम्मको रेन्ज दिने अनुमान गरिएको छ ।

ओलाले बनाउने जेन ४ प्ल्याटफर्ममा आधारित यो ईभीमा आफैंले विकास गरेको ४६८० भारतसेल ब्याट्रीको प्रयोग हुनेछ ।


Back_to_top