काठमाडौं । नेपालमा ग्रेटवाल मोटर्स (जीडब्लूएम)को ट्याङ्क सिरिजका दुई नयाँ एसयूभीको बिक्री सुरू भएको छ ।
नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारिक वितरक भीजी इम्पेक्सले ट्याङ्क ३०० र ट्याङ्क ५०० एसयूभीको बिक्री सुरू गरेको हो ।
कम्पनीले ट्याङ्क ३०० को मूल्य १ करोड ५९ लाख ९५ हजार रुपैयाँ र ट्याङ्क ५०० को मूल्य २ करोड १५ लाख ९५ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो
ट्याङ्कका दुवै एसयूभीमा हाइब्रिड इन्जिन रहेको छ । ट्याङ्क ३०० मा एचईभी र ट्याङ्क ५०० मा पीइएचईभी पावरट्रेन रहेको छ ।
ग्रेटवाल मोटर्सले सन् २०२१ को छेन्दु अटोशोमा ट्याङ्क सिरिजका एसयूभी प्रदर्शन गरेको थियो । ट्याङ्क सिरिजका एसयूभी लग्जरी र अफोडेबल फोरह्वील ड्राइभ एसयूभी खोज्नेहरूको रोजाइमा पर्न सफल रहेको छ ।
ट्याङ्क ३००
४७६० एमएम लम्बाइ, १९३० एमएम चौडाइ, १९०३ एमएम उचाइ रहेको ट्याङ्क ३०० को ह्वीलबेस २७५० एमएमको रहेको छ । २२४ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको ट्याङ्क ३०० मा ४०० लिटरको बुट स्पेश छ ।

यो एसयूभीमा २.० लिटरको ४ सिलिण्डर टर्बो चाज्र्ड हाइब्रिड इलेक्ट्रीक पावरट्रेन रहेको छ । यो एसयूभीमा १.६९ किलोवाटको टर्नरी ब्याट्री र ७८ किलोवाटको मोटर रहेको छ । यो एसयूभीको कम्बाइन पावर ३५१ पीएस र ६४८ न्युटन मिटरको टर्क रहेको छ ।
फोरह्वील ड्राइभ सिस्टमको साथमा मल्टीड्राइभ मोड समेत रहेको ट्याङ्क ३०० मा ९ स्पीडको अटोमेटिक गियरबक्स रहेको छ । ल्याडरफ्रेम च्यासिसमा बनेको यो एसयूभीमा फ्रन्ट र रियर दुवैतर्फ डिफ्रेन्सियल लक रहेको छ ।
यसको क्याबिनमा १२.३ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन, १२.३ इन्चकै इन्स्ट्रुमेन्ट क्लस्टर, ड्युलजोन एसी, ९ वटा स्पिकर सहितको इन्फिनिटी प्रिमियम साउण्ड सिस्टम, ६४ कलरको एम्बियन्ट लाइट, ८ वे पावर, मसाज फङ्सन सहितको भेन्टिलेटेड ड्राइभर सिट, एप्पल कारप्ले र एण्डरोइड अटो, वायरलेस चार्जर, प्यानारोमिक सनरुफ जस्ता फिचर रहेको छ ।
ट्याङ्क ३०० मा ७ वटा एयरब्याग, हिड असिस्ट हिल होल्ड ३६० डिग्री क्यामरा, फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर, ड्राइभर फटिक मोनिटरिङ सिस्टम, ब्लाइण्ड स्पट मोनिटरिङ सिस्टम, टीपीएमएस, फ्रन्ट कोलुजन वार्निङ तथा लेभल २ एडास लगायत सुरक्षा फिचर छन् । यो एसयूभीले अष्ट्रेलियन एनक्यापको क्रयास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।
ट्याङ्क ५००
ग्रेटवाल मोटर्सको फुल साइज एसयूभी ट्याङ्क ५०० को लम्बाइ ५०७८ एमएम, चौडाइ १९३४ एमएम, उचाइ १९०५ एमएम र ३८५० एमएमको ह्वीलबेस छ । ७ सिटे यो एसयूभीको ग्राउण्ड क्लियरेन्स २२४ एमएम छ भने ८०० एमएमको वाटर वेडिङ क्षमता रहेको छ ।

ट्याङ्क ५०० मा पनि २.० लिटरको टर्बो पेट्रोल इन्जिन, ३७.११ किलोवाटको एलएफपी ब्याट्रीप्याक, ७८ किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । प्लगइन हाइब्रिड सिस्टम रहेको यो एसयूभीको इलेक्ट्रीक मात्रको रेन्ज १२० किलोमिटर रहेको एनईडीसीले प्रमाणित गरको छ ।
ट्याङ्क ५०० पनि ९ स्पीडको अटोमेटिक ट्रास्मिसन छ । २० इन्चको ह्वील रहेको यो एसयूभीमा फोरह्वील ड्राइभ फिचर तथा ११ ड्राइभ मोड समेत रहेको छ । यो एसयूभीको ड्यासबोर्डमा १४.६ इन्चको टचस्क्रीन इन्फोटेन्मेनट डिस्प्ले र १२.३ इन्चको डिजिटल इन्फोटेनमेन्ट डिस्प्ले रहेको छ । यो एसयूभीमा अन्य क्याबिन र सुरक्षा फिचर ट्याङ्क ३०० को जस्तै रहेको छ ।


