काठमाडौं । कात्तिक २९ गतेदेखि झापाको बिर्तामोडमा दीपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प आयोजना हुने भएको छ ।
एमएडब्लू वृिद्धले बिर्तामोडमा नयाँ शोरुम उद्घाटनको अवसर पारेर आगामी शनिबारदेखि चार दिने टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको हो ।
उक्त कार्यक्रमा आगन्तुकहरूले दीपल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव गर्न पाउने छन् । साथै, नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तनको पनि अनुभव गर्न सक्नेछन् ।
कम्पनीले उक्त कार्यक्रममा रोबोटहरू पनि प्रदर्शन गर्ने भएको छ । अवलोककर्ताले रोबोटसँग अन्तक्र्रिया गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
त्यस्तै, अवालेकनकर्ताले नाडा अटो शोमा चर्चित भएका दीपल एस ०५ र नामी भिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्ने अवसर पाउने छन् ।
स्लिम डिजाइन, आधुनिक फिचरहरू र दिगो गतिशीलताको संयोजन रहेका यी ईभी नेपाली ग्राहक बीच लोकप्रिय बनेका छन् । यी गाडीहरूले उत्कृष्ट रेंज, प्रविधि र ड्राइभिङ अनुभव प्रदान गर्छन्।
त्यस्तै, एमएडब्लू वृिद्धले विशेष प्रमोशनल अफरहरू पनि उपलब्ध गराउने छ । जसमा पुराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेञ्ज बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्ने आगन्तुकले उपहार पाउने छन् ।

