काठमाडौं । हिरोको इलेक्ट्रीक ब्राण्ड भिडा स्कुटरको भीएक्सटू गो भेरियन्ट ठूलो ब्याट्रीप्याकमा आएको छ ।
कम्पनीले ३.४ किलोवाट आवरको ब्याट्रीप्याकमा भीएक्सटू गोको नयाँ भेरियन्ट बजारमा ल्याएको हो । यसअघि भीएक्सटू गोमा २.२ किलोवाट आवरको ब्याट्रीप्याक थियो ।
कम्पनीले भारतीय बजारमा भीडा भीएक्सटू गो ३.४ भेरियन्टको मूल्य १ लाख २ हजार भारु तोकेको छ ।
कम्पनीले यो स्कुटर बास (ब्याट्री एज अ सर्भिस) योजना पनि ल्याएको छ । यस प्लानमा अन्तर्गत ग्राहकले भीएक्सटू गो ३.४ किलोवाट आवर भेरियन्ट किन्दा ६० हजार भारु तिर्नुपर्नेछ ।
यस स्कुटरले १०० किलोमिटर (रियल वर्ड रेन्ज) दिनेछ भने आईडीसी रेन्ज १४२ किलोमिटर छ । स्कुटरमा कम्पनीले ८.४ ब्रेकहर्स बराबरको पावर आउटपुट गर्ने ६ किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टासम्म रहेको छ ।
साथै, यसमा डबल रिमुमेबल ब्याट्री अप्सन सिस्टम, इको र राइड मोड, फ्रन्टमा डिस्क र रियरमा ड्रमब्रेक, अलोय ह्वील, ट्युबलेस टायर, टेलिस्कोपिक फोर्क फ्रन्ट र रियर मानोसक सस्पेन्सन सेटअप, रिभर्स गियर, पुरा एलईडी हेडल्याम्प, सिंगल पिस सिट, अन्डर सिट स्टोरेज लगायतका फिचरहरू छन् ।


