बीएमडब्लू एफ ४५० जीएसको बुकिङ सुरू, कति पर्ला मूल्य ?

काठमाडौं । भारतमा बीएमडब्लू एफ ४५० जीएसको अनौपचारिक रूपमा बुकिङ खुला भएको छ । बीएमडब्लूका केही डिलर नेटवर्कहरूले १० हजार रुपैयाँ लिएर बुकिङ लिन सुरू गरेका हुन् ।

यो मोटरसाइकल भारत मोबिलिटी एक्स्पो २०२५ र इक्मा २०२५ मा प्रर्दशन गरिएको थियो । हालसम्मका यसको आधिकारिक मूल्य सार्वजनिक भएको छैन् । अर्को महिना हुने इन्डियन बाइक वीक २०२५ मा यसको मूल्य सार्वजनिक हुने अनुमान गरिएको छ ।

टीभीएसले भारतमा उत्पादन गरेको यो मोटरसाइकलको मूल्य ४ लाख ५० हजार भारतीय रुपैयाँ हुने अनुमान गर्न सकिन्छ । बीएमडब्लू एफ ४५० जीएस २०२६ को सुरुवातदेखि नै यसको बिक्री सुरू हुनेछ ।

एफ ४५० जीएस बेसिक, एक्सक्लुसिभ, स्पोर्ट र जीएस ट्रफी गरी चार भेरियन्टमा उपलब्ध भएको छ । कम्पनीले मोटरसाइकलमा भेरियन्ट अनुसार केही फिचरहरू भने छुट्टाछुट्टै प्रयोग गरेको छ ।

कम्पनीले विल्कुलै नयाँ प्लेटफर्ममा तयार पारेको डबल पर्पस एड्भेन्चर बीएमडब्लू एफ ४५० जीएसमा ४२०सीसीको नयाँ प्यारालल ट्विन सिलिण्डर, एफआई इन्जिन प्रयोग गरिएको छ । यसले अधिकतम ८ हजार ७५० आरपीएममा ४७।५ ब्रेकहर्स पावर र ६ हजार ७५० आरपीएममा ४३ एनएम टर्क जेनेरेट गर्छ ।

यसको कुल तौल १७८ किलोग्राम छ भने १४ लिटरको इन्धन ट्याङ्कले करिब ३५० किलोमिटर यात्रा सम्भव बनाउने दाबी गरिएको छ ।

स्टिल ट्युबुलर फ्रेममा बनेको बीएमडब्लू एफ ४५० जीएस बीएमडब्लूको आर १३०० जीएस जस्तै टिपिकल एड्भेन्चर डिजाइनमा तयार भएको छ ।

यसको फ्रन्टमा केवाइबी अपसाइड डाउन यूएसडी फोर्क र रियरमा डाइरेट लिंक मोनोसक १८० एमएम ट्राभल सस्पेन्सन सेटअप दिइएको छ । जसले अनरोड र अफरोड दुवैमा यात्रा सहज बनाउने छ । यसको स्पोर्ट र जीएस ट्रफी भेरियन्टमा भने फोर्कलाई कम्प्रेसन र रिबाउन्ड एडजस्ट गर्ने सुविधा पनि दिएको छ ।

मोटरसायकलमा वायर क्रस स्पोक ह्वील अगाडि १९ इन्च र पछाडि १७ इन्च छ । ह्यान्ड गार्ड, इन्जिन गार्ड अफरोड पेग्स, ट्युबलेस टायर, दुवै टायरमा ब्रेम्बो फोर पिस्टन बाइब्रे क्यालिपर डिस्कब्रेक, स्ट्यान्डर्ड एबीएस प्रो, डाइनामिक ट्रयाक्सन कन्ट्रोल, इन्जिन ड्रयाग टर्क कन्ट्रोल, डाइनामिक ब्रेक कन्ट्रोल, मल्टिपल अफरोड राइडमोडहरू जस्ता सुरक्षा फिचरहरू स्ट्याण्डर्ड रूपमा दिइएको छ । जसले अफरोडमा चलाउन सहज बनाउँछ ।

साथै, हिटेड ग्रिप्स एक्सिलेटर, पूरा एलईडी लाइटिङ सेटअप, डीआरएल पनि स्ट्याण्डर्ड किसिमका छन् । सिफ्ट एसिस्टेन्स क्विकशिफ्टर बेसिक बाहेक सबै भेरियन्टमा उपलब्ध छ । जीएस ट्रफी भेरियन्टमा भने स्वीच गर्न मिल्ने बीएमडब्लू इजी राइड क्लच र एड्भान्स कन्फिगर क्लच दिइएको छ ।

बीएमडब्लू एफ ४५० जीएसमा कनेक्टिभिटी सहितको ६.५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल छ । यसमा राइडरलाई आवश्यक पर्ने सम्पूर्ण डिटेल्स हेर्न सकिन्छ ।


Back_to_top