ओमोडाले बेच्यो १५० प्लस एसयूभी, नयाँ मोडलको घोषणा

काठमाडौं । चिनियाँ ब्राण्ड चेरीको सहायक ब्राण्ड ओमोडाले उत्पान गरेको ई-फाइभले बिक्री सुरु गरेको छोटो समयमा नै १५० यूनिटभन्दा बढी गाडी बिक्री गरेको दावी गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गर्दै बिक्री १५० यूनिटभन्दा धेरै भएको जानकारी दिएको हो ।

१५० प्लस यूनिट बिक्री गरेको भन्दै नेपालको लागि चिनियाँ राजदुत सोङ चेनलाई निमन्त्राणा गरेर उक्त कार्यक्रम आयोजना गरिएको थियो । राजदुत चेनले गाडी किन्ने ग्राहकलाई साँचो हस्तान्त्रण गरेका थिए ।

कार्यक्रममा एसपीजी अटोमोवाइलका निर्देशक गौरब सारडाले ई-फाइभको फ्यूचरिष्टीक डिजाइनले धेरैलाई आकर्षित गरेको बताउँदै भने, ‘फेब्रुअरी २ तारिखबाट हामीले गाडी बुकिङ खुला गरेका थियौं । अहिलेसम्म १५१ यूनिट गाडी सडकमा गुड्न थालेको छ । ४०० यूनिटभन्दा माथि बुकिङ गरेर बसेका ग्राहक छन् । सबैलाई जतिसक्दो चाँडो गाडी दिने तयारी गर्दैछौ ।’

ओमोडा ई-फाइभमा ६१ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । यसले सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

एसपीजी अटोमोवाइलले ५९ लाख ४९ हजार रुपैयाँ मूल्य तोकेर यसलाई बिक्री गर्दै आएको छ ।

नयाँ मोडलको घोषणा

कार्यक्रममा ओमोडाको नेपाल कन्ट्री डाइरेक्टर सोङ हुआइफुले नेपाली बजारमा चाँडै ज्याको ब्राण्डको इलेक्ट्रीक एसयूभी नेपाल आउने घोषणा गरिएको थियो । कम्पनीले सन् २०२४ को तेस्रो क्वाटरमा ज्याको ईभी नेपाल ल्याउने जनाएको छ ।


Back_to_top