पोखरामा ओमोडा/जेकोको नयाँ शोरूम संचालनमा, जेको जे ५ सार्वजनिक

पोखरा । पर्यटकीय राजधानी पोखरामा ओमोडा एण्ड जेकोको नयाँ शोरुम संचालनमा आएको छ ।

ओमोडा एण्ड जेकोको आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले पोखराको शिवचोक-१० मा नयाँ शोरुम संचालनमा ल्याएको हो ।

यस अवसरमा गण्डकी प्रदेशमा नयाँ जेको जे ५ पनि सार्वजनिक गरिएको छ ।

उक्त शोरुमबाट थ्री एस (सेल्स, सर्भिस र स्पेयर) सुविधा प्रदान हुनेछ । झण्डै २० हजार वर्गफूट क्षेत्रफलमा फैलिएको यो शोरूम ग्राहकहरूलाई एकै स्थानमा सबै सेवा उपलब्ध गराउने उद्देश्यले संचालनमा ल्याइएको हो।

अत्याधुनिक प्रविधिबाट सुसज्जित सर्भिस सेन्टरले बिक्रीपछि प्रदान गरिने सेवाको गुणस्तरलाई अझ मजबुत बनाउने छ । जुन ओमोडा एण्ड जेकोको अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारिएको छ। सेवा प्रशिक्षकहरूलाई अनुभवी प्राविधिक तथा प्रतिनिधिहरूद्वारा विशेष प्रशिक्षण दिइएको छ।

पोखरामा शोरूम उद्घाटनको अवसरमा नयाँ जेको जे ५ पनि सार्वजनिक गरिएको छ । गत साउनमा सम्पन्न नाइमा एक्स्पोमा पहिलोपटक प्रदर्शित गरिएको यो गाडी शक्तिशाली विशेषता र आकर्षक डिजाइनका कारण लक्जरी एसयूभी वर्गमा छुट्टै पहिचान बनाउन सफल छ।

जेको जे ५ मा १८५ मिलिमिटर ग्राउण्ड क्लियरेन्स, १८ इन्चको अलोय ह्वीलसहितको स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज, प्यानोरामिक सनरूफ र ४८० लिटरको बुट स्पेस छ ।

इलाइट मोटर्स प्रालिका प्रबन्ध निर्देशक गोपाल बरालले नयाँ शोरूम र प्रिमियम उत्पादनमार्फत ग्राहकलाई अझ उत्कृष्ट सेवा दिने बताए ।

‘पोखरा हाम्रो लागि प्रमुख बजार हो। नयाँ शोरूम र प्रिमियम उत्पादनमार्फत ग्राहकलाई अझ उन्नत अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई हामीले पुनः सुनिश्चित गरेका छौँ। जेको जे५ हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो गतिशीलता प्रोत्साहन गर्ने हाम्रो मिशनको प्रतीक हो,’ उनले भने ।


Back_to_top