एथरले सार्वजनिक गर्यो नयाँ अपरेटिङ सिस्टम, यस्तो हुनेछ परिवर्तन

काठमाडौं । एथर इनर्जीले आफ्नो नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ । कम्पनीले भारतमा भएको एथर कम्युनिटी डे २०२५ को अवसरमा आफ्नो स्ट्याक ७ अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो ।

मुख्यगरी स्ट्याक ७ सिस्टम एथरले नयाँ ईएल प्लेटफर्ममा निर्माण हुने स्कुटरहरूमा प्रयोग गर्ने जनाएको छ ।

स्ट्याक ७ अपरेटिङ सिस्टमका साथ कम्पनीले नयाँ प्लेटफर्म, कन्सेप्ट स्कुटर, सुधारिएको हेलो हेल्मेट, पुरानो एथर स्ट्याकमा अपडेट र रिज्टा स्कुटरमा पनि अपडेट हुने घोषणा गरेको छ ।

एथर इनर्जीको बजारमा साढे ४ लाखभन्दा बढी ग्राहकहरू छन् । कम्पनीले ७६० करोड किलोमिटरभन्दा बढीको डेटा संकलन र परीक्षण गरेको छ।

एथर स्ट्याक ७ मा अगाडि उथलपुथल सडकहरूको प्याचको बारेमा चालकलाई जानकारी दिने पोथोल अलर्ट नामक सुरक्षा फिचर छ ।

साथै, नयाँ एथर हेलो हेल्मेट, भ्वाइस कमाण्ड सिस्टम, नयाँ नेभिगेसन, तीन जनालाई गर्न मिल्ने इमर्जेन्सी अटो कल सिस्टम, दुर्घटना अलर्ट, लाइभ लोकेसन सियर सिस्टम, नयाँ ड्यासबोर्ड सिस्टम, पार्क सेफ अलर्ट, नयाँ चोरी अलर्ट सिस्टम दिइएको छ ।

ग्राहकको प्रतिक्रियालाई मध्यनजर गर्दै कम्पनीले एथर स्ट्याक ७ मा एप मार्फत टाढाबाट चार्ज गरिरहेको स्कुटरको चार्ज रोक्न मिल्ने सिस्टम पनि दिएको छ । यसलाई मोबाइल एप बाटनै कन्ट्रोल गर्न सकिन्छ ।

एथर स्ट्याक ७ ले ड्यासबोर्डमा रियल समय क्रिकेट स्कोरलाई पनि देखाउँने कम्पनीले बताएको छ । यसमा सीमित डाटा उपलब्ध हुनेछ । रोकिएको वा पार्क गरिएको बेला स्कोरकार्डको पूर्ण स्क्रीन मोड देख्न सकिन्छ ।


Back_to_top