एथर रिज्टा जेड स्कुटरमा थपियो फिचर, पुराना ग्राहकले पनि पाउने

काठमाडौं । भारतको दुईपाङग्रे इलेक्ट्रीक सवारी निर्माता एथरले आफ्नो रिज्टा जेड स्कुटरमा नयाँ अपडेट गरेको छ ।

एथरले कम्युनिटी डे २०२५ को अवसरमा रिज्टा स्कुटरको डिस्प्लेमा टच स्क्रीन अपडेट गरेको हो । यसअघि रिज्टाको डिस्प्लेमा टच सिस्टम दिइएको थिएन नर्मल बटम र एपबाट मात्रै कन्ट्रोल गर्न सकिने थियो ।

कम्पनीले अब भने एथर जेडमा टच स्क्रीन सिस्टम अपडेट गरेको हो । टच स्क्रीन सुविधा स्कुटर खरिद गरिसकेका पुराना ग्राहकहरूले पनि पाउने छन् । यो ओटीए सिस्टम मार्फत अपग्रेड गरिने छ । यसमा कम्पनीले कुनै शुल्क नलिने बताएको छ ।

सन् २०२४ मा भारतमा सार्वजनिक भएको एथर रिज्टा जेड एथर एनर्जीको प्रमुख मोडल हो । भारतीय बजारमा एथरको पोर्टोफोलियोमा रिज्टा स्कुटरको हिस्सा करिब ६० प्रतिशत छ ।

रिज्टा स्कुटर दुई ब्याट्री अप्सन २.९ किलोवाट आवर र ३.७ किलोबाट आवरमा उपलब्ध छ । यसले एकपटकको फुलचार्जमा १६० किलोमिटरसम्मको रेन्ज दिने आइडीसीले प्रमाणित गरेको छ । एथर रिज्टाको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

रिज्टामा सिट मुनि ३४ लिटर र अगाडि वैकल्पिक फ्रंकमा थप २२ लिटर गरी ५६ लिटर स्टोरेज क्षमता छ । आकर्षक डिजाइन्, फराकिलो र लामो सिट, पिलियन ब्याकरेस्ट, र ठूलो फ्लोरबोर्ड भएकाले यो पारिवारिक यात्राका लागि उपयुक्त स्कुटर हो ।

रिज्टामा आधुनिक राइड असिस्ट प्रविधिहरू अटो होल्ड, रिभर्स मोड, स्किड कन्ट्रोल, इमर्जेन्सी स्टप सिग्नल, लाइभ लोकेशन सेयरिङ, चोरीरटो अलर्ट, र पिङ माई स्कुटर फिचर छन् ।

रिज्टामा ७ इन्चको टीएफटी डिस्प्ले, सहज नेभिगेशन र एथर स्ट्रयाक ६ मार्फत कनक्टिभिटी सिस्टम दिइएको छ । रिज्टा विभिन्न ७ कलर अप्सनमा बजारमा उपलब्ध छ ।

नेपालमा एथरका स्कुटर वैद्यज इनर्जीले बिक्री गर्दै आएको छ ।


Back_to_top