लाइसेन्स आवेदन फर्म भर्दा बिग्रिए सच्याउन कार्यालय नै जानु पर्ने

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन दिँदा केही त्रुटी भएमा सच्याउनका लागि आफुलाई पायक पर्ने यातायात कार्यलयमा जानु पर्ने बताएको छ ।

विभागले एक सुचना जारी गर्दै अनलाई आवेदन दिने क्रममा सेवाग्राहीले फरक फरक मोवाइन नम्वरको प्रयोग गरेर एकभन्दा धेरै प्रोफाइल बनाएर आवेदन दिएको पाइएका कारण समस्या भएको जनाएको हो ।

विभागले एउटा मोवाइल नम्बर र नागरिकता नम्बरको प्रयोग गरी एकपटकमा एक मात्र अनलाइन प्रोफाइल बनाएर आवेदन दिने व्यवस्था गरिएको जनाएको छ ।

‘अनलाइन प्रोफाइल बनाउने क्रममा नाम, ठेगाना, नागरिकताको विवरण, सवारी चालक अनुमतिपत्रको विवरण लगायतका विवरण भर्दा त्रुटि भएमा सच्याउनका लागि आफूले आवेदन गर्न चाहेको नजिकैको यातायात व्यवस्था कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ,’ विभागले निकालेको सूचनामा भनिएको छ ।

प्रत्येक दिन बिहान ७ बजे १६ औं दिनका लागि अनलाइन आवेदन खुल्ला गरिने ब्योहोरा पनि सुचना उल्लेख छ ।


Back_to_top