‘फ्रेन्च ब्राण्डको एक्सचेन्ज क्याम्प’ आजबाट सुरु, गाडी किन्नेलाई कर्जा सुविधा दिइने

काठमाडौं । फ्रेन्च अटोमोवाइल ब्राण्ड सिट्रोनको आधिकारीक वितरक साँग्रिला मोटर्सले धेरै अफर दिएर एक्सचेन्ज क्याम्प सुरु गरेको छ । कम्पनीले ग्राहकलाई विभिन्न स्कीमसहित एक्सचेन्ज मेला आयोजना गरेको हो ।

फ्रेन्च कार निर्माता सिट्रोनले उत्पादन गरेको एयरक्रस सी-फाइभ अहिले नेपालमा विक्री हुँदै आएको छ । यही मोडललाई मध्यनजर गर्दै कम्पनीले एक्सचेन्ज क्याम्प आयोजना गरेको हो । यो क्याम्प आज बुधबार सुरु भएर ५ दिनसम्म चल्ने साँग्रिला मोटर्सले जानकारी दिएको छ ।

कम्पनीले थापाथलीमा राखेको शोरुममा नै एक्सचेन्ज क्याम्प लगाइएको छ । यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले आफ्नो कुनैपनि ब्राण्डको पुरानो गाडीसँग सिटोनको नयाँ सी-फाइभ एयरक्रस एसयूभी उत्कृष्ट मूल्याङकन गराएर सट्टा पट्टा गर्न सक्नेछन् । पुरानो गाडीको उत्कृष्ट मूल्य पाउनुको साथै ग्राहकहरुले सी-फाइभ एयरक्रसमा स्पेशल डिस्काउन्ट समेत पाउनेछन् ।

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

यसका अलावा कम्पनीले आवश्यक पर्ने ग्राहकको लागि अत्यन्त कम ब्याजदरमा फाइनान्सको समेत सुविधा समेत उपलब्ध गराएको जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।

सिटोन ब्राण्ड नेपालमा केही समय अगाडि मात्रै आएको हो । सुरुदेखि नै कम्पनीले ग्राहकमैत्री स्कीमहरु ल्याउदै आएको थियो । कम्पनीले निकट भविष्यमै नेपाली अटोमोवाइल ग्राहकहरुका लागि भारतमा निर्माण भएको सिटोन सी-थ्री सबकम्प्याक एसयूभी समेत ल्याउने तैयारी गरिरहेको जनाएको छ ।


Back_to_top