रेन्ज धेरै खोज्नेलाई तान्न तयार ‘पन्च ईभी’, कहिले आउँछ नेपाल ?

काठमाडौं । टाटाले आफ्नो सफल माइक्रो एसयूभी पन्चलाई अपग्रेड गरेको छ । अपग्रेड भएको पन्च ईभी धेरै रेन्ज खोज्ने उपभोक्ताको लागि पनि उपयुक्त हुने भएको हो ।

भारतमा बिक्री सुरू भइसकेको नयाँ पन्च ईभीमा धेरै कुरा सुधार गरिएको छ । यसअघि पनि नयाँ सेग्मेन्ट क्रिएट गरेर नेपाली उपभोक्ताको मन जित्दै आएको पन्च अब थप बलियो बन्ने भएको हो ।

अहिले पन्च ईभीको टप भेरियन्ट किन्न नेपालमा ३९ लाख ९९ हजार रुपैयाँ तिर्नुपर्छ । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ पन्च ईभी बिक्री सुरू गर्ने मिति घोषणा गरेको छैन । त्यसैले नयाँ पन्चको मूल्य कति आउँछ, अहिल्यै एकिन गर्न कठिन नै हुन्छ ।

भारतमा भने कम्पनीले पन्च ईभीको फेसलिफ्ट मोडल ६ भेरियन्टमा ल्याएको छ । जसको इन्ट्री भेरियन्टको मूल्य ९ लाख ९६ हजार र टप भेरियन्टको मूल्य १२ लाख ५९ हजार भारतीय (एक्स शोरुम) तोकिएको छ । यस आधारमा हेर्दा मूल्यमा धेरै परिवर्तन हुने देखिँदैन ।

बढ्यो रेन्ज

नयाँ पन्च ईभीमा दुई ब्याट्री अप्सन पाउन सकिन्छ । यसअघि दिइएको २५ र ३५ किलोवाट आवरको ब्याट्री परिवर्तन गरेर ३० किलोवाट आवर र ४० किलोवाट आवरको राखिएको छ । अब कम्पनीको दाबी अनुसार साइज अनुसार क्रमशः ३५५ किलोमिटर र ४६८ किलोमिटर रेन्ज पाइनेछ ।


टाटा मोटर्सका अनुसार पन्च ईभीलाई डीसी चार्जरले २६ मिनेट चार्ज गर्दा २० देखि ८० सम्म चार्ज गर्न सकिन्छ । यसले ६५ किलोवाटको डीसी फास्ट चार्ज सर्पोट गर्छ । केबल १५ मिनेट मात्रै चार्ज गर्दा पनि १३५ किलोमिटर चलाउन पुग्ने चार्ज थप्न सकिन्छ ।

बाहिरी डिजाइनमा कति फरक ?

टाटा पन्च ईभीको अगाडि भागमै परिर्वतन देख्न पाइन्छ । नयाँ क्लोजअफ फ्रन्ट ग्रिल, स्पोर्टी बम्पर र हेडलाइट हाउजिङमा परिवर्तन देख्न पाइन्छ । वाई आकारमा तयार पारेको एलईडी डीआरएल र बीचमा राखिएको चार्जिङ पोर्ट भने पहिलेकै देखिन्छ ।

टाटाले आफ्ना ठूला एसयूभीबाट प्रेरित १६ इन्चका एरो अप्टिमाइज अलोय ह्वील दिएको छ । यसले गाडीको ‘रोड प्रेजेन्स’ उत्कृष्ट बनाएको छ ।


भित्र पनि परिवर्तन देखिन्छ

नयाँ पन्च ईभीमा पहिलेकै ड्यासबोर्ड डिजाइन छ । तर, त्यसमा कलर लगायतका कुरा परिवर्तन भएको छ । यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रीन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ ।

टाटाले पन्च ईभीको भेरियन्ट अनुसार वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार टेक्नोलोजी, ३६० डिग्री क्यामेरा दिएको छ ।

सुरक्षाका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल होल्ड एसिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, हाइ बिम असिस्ट लगायतका फिचर उपलब्ध छन् ।


Back_to_top