काठमाडौं । आज होलीको दिन । हुनत अघिल्ला वर्ष जस्तो बाहिर होली खेल्ने अवस्था छैन । यदि, साथीभाइ रमाइलो गर्दा आफ्नो मोटरसाइकल वा कारमा लागेको दाग छोटो अवधि भित्रै सफा गर्नु राम्रो हुन्छ ।
खासगरी होलीको रङ लागेको गाडी धुँदा विशेष ध्यान दिन जरुरी हुन्छ । कुनै कुराको ध्यान नदिइ पानी खनाएर सफा गर्दा स्क्र्याच हुने सम्भावना रहन्छ ।
यसरी घरमै आफ्नो मोटरसाइकल वा कारमा लागेको कलर सफा गर्दा किसिमका केमिकलको प्रयोग गर्न सकिन्छ । घरेलु रूपमा पनि सवारीसाधन सफल गर्न सक्ने उचित तरिका अपनाउन सकिन्छ ।
तपाईंसँग प्रेसर गन छ भने त्यसले स्प्रे गरेर गाडीमा रहेको कलर सफल गर्न सक्नु हुन्छ । यसरी सफा गर्दा कारको बाहिर ५० देखि ६० प्रतिशत सफा गर्ने काम सकिन्छ । त्यसपछि कार स्याम्फू प्रयोग गर्दा रहेको दाग पनि सकिन्छ ।
सकभर गाडी वा मोटरसाइकल पुछ्दा कुनै कपडाको प्रयोग नगरी माइक्रो फाइबर प्रयोग गर्दा राम्रो हुन्छ । कपडाले गाडी सफागर्दा गाडीको कलरमा नोक्सानी पुग्छ । त्यसैले माइक्रो फाइबरले गाडी सफा गर्नाले गाडीको चमक सधैँ एक नास रहन्छ ।
यसरी सफा गर्दा पनि सवारी साधनमा कतै दाग बाँकी रहेको खण्डमा विस्तारै कागतीको रस, टुथपेस्ट, बेकिङ सोडा वा भेनेगर जस्ता वस्तुको प्रयोग गर्न सकिन्छ । तर, यी वस्तुको प्रयोग गर्दा गाडीमा धेरै प्रेसर पार्नु हुँदैन ।

