विश्वको २० प्रतिशत तेल ढुवानी हुने ‘स्ट्रेट अफ हुर्मुज’ बन्द

काठमाडौं । इरानले तेल ढुनावी गर्ने विश्वकै प्रमुख मार्ग स्ट्रेट अफ हुर्मुज बन्द गरेको छ । इरानको रिभोलुस्नरी गार्ड कर्पले स्ट्रेट अफ हुर्मुज बन्द गरिएको जानकारी दिएको हो ।

विश्वमा दैनिक १० करोड ३० लाख ब्यारेल तेल खपत हुन्छ । सो मध्ये २० प्रतिशत अर्थात् दैनिक २ करोड ब्यारेल तेल यही बाटो हुँदै ढुवानी हुन्छ ।

इरानले यदि उक्त जलमार्ग हुँदै कुनै पनि जहाज वा ट्यांकर आवतजावत गर्न खोजे आक्रमण गरिने चेतावनी दिएका छन् । इरानको यो कदमले विश्व अर्थतन्त्रमै ठूलो असर पार्नेछ ।

यो कदमले मध्य पूर्व र खाडी क्षेत्रमा आपूर्ति अवरोध, पेट्रोलको मूल्यमा वृद्धि र थप सैन्य कारबाहीको डर बढाएको छ।

गत शनिबार अमेरिका र इजरायलले इरान माथि संयुक्त आक्रमण गरेपछि मध्यपूर्वमा द्धन्द्ध चकिएको छ । इराने पनि जवाफमा खाडी देशहरूमा कारबाही गरिरहेको छ । साथै, विश्वव्यापी असर पुर्याउन प्रमुख ढुवानी जलमार्ग नै बन्द गरेको छ ।

अमेरिकी ऊर्जा सूचना केन्द्रका अनुसार इरान ओपेक राष्ट्रहरू मध्ये चौथो ठूलो तेल उत्पादक देश हो । यद्यपि, इरानले दैनिक ३० लाख ब्यारेल मात्रै तेल उत्पादन गर्दै आएको छ । जुन विश्वव्यापी उत्पादनको ५ प्रतिशतभन्दा कम हो ।


Back_to_top