नयाँबानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान बा २ क ३२२९ नम्बरको टिपरले प्रदेश ३-००१ ब ९४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ४८ वर्षीय बद्रि कोइरालाको मृत्यु भएको हो ।

फोहोर बोक्ने टिपरको ठक्करबाट गम्भीर घाइते कोइरालाको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो । सुनसरीको इनरुवा नगरपालिका-५ स्थायी घर भएका उनी हाल भक्तपुरको लोकन्थलीमा बस्दै आएका थिए ।

टिपर चालक गोर्खाको भूमिचोक स्थायी घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्ष विकाश थापामगरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Back_to_top