पप्पुले अलपत्र छाडेका मुख्य राजमार्गका ९ पुल

काठमाडौं । पप्पु कन्ष्ट्रक्सन अन्तर्गत निर्माणका क्रममा रहेका ९ वटा पुल अलपत्र अवस्थामा रहेका छन् । झण्डै ८ वर्षदेखि निर्माणका क्रममा रहेको उक्त पुलहरु निर्माण अझै सम्पन्न हुन सकेका छैनन् । यसरी अलपत्र रहेका पुल निर्माणको म्याद सरकारले पुनः १ वर्ष थप गरेको छ । 

तर, पटक–पटक म्याद थप्दासमेत निर्माण सम्पन्न भएका यी पुल पप्पुले एक वर्ष भित्र पुरा गर्ला त ? भन्ने चर्चा चुलिएको छ । 

मध्यपहाडी लोकमार्ग अन्तर्गत २ पुल

मध्य पहाडी लोकमार्ग पप्पु कन्स्ट्रक्सन अन्तर्गत २ वटा पुल निर्माणको काम भइरहेको छ । उक्त योजना प्रमुख विजय चापागाईका अनुसार पम्पुले मध्य पहाडी राजमार्गमा खांसान खोला र तोखु खोलामा पुल निर्माण गर्ने ठेक्का लिएको हो । उक्त २ पुल १० करोडको लगानीमा निर्माणको जिम्मा पप्पुले लिएको हो । 

पुल निर्माणको ७० प्रतिशत काम सम्पन्न भइसकेको र बीचमा लामो समय रोकिएकाले तोकिएको मितिभन्दा ढिला भएको चापागाईले बताए । 

व्यवसायीको लापरवाहीका कारण समेत पुल निर्माण ढिलाइन हुने गएको उनले स्विकारे । यद्यपी व्यवसायीले चाहे बाँकी ३० प्रतिशत काम चाडै सकिने उनले जानकारी दिए । ति पुलमा सुपर स्ट्रक्चर (पुल ढलान) गर्ने काम मात्र बाँकी रहेको छ ।

मदन भण्डारी राजमार्गः 

सिन्धुली जिल्लामा पर्ने कमला पुल पप्पु कन्ष्ट्रक्सनले ठेक्का लिएको हो । सो पुल हाल पप्पु कन्स्ट्रक्सनको पाटनर लुम्बिनी विलडरले निर्माण गरिरहेको छ । उक्त पुल निर्माणको ५५ प्रतिशत सम्पन्न भएको छ । २०६८ मा पप्पु कन्ष्ट्रक्सनलाई कमला पुल निर्माणको ठेक्का दिइएको थियो । २०७४ सालसम्म सम्पन्न हुनु पर्ने उक्त पुल अझै कहिले पुरा हुने भन्ने टुंगो लाग्न सकेको छैन । 

हुलाकी राजमार्ग

सडक विभागका अनुसार हुलाकी राजमार्ग अन्तर्गत निर्माणको क्रममा रहेको ६ वटा पुल मध्ये पप्पु कन्ष्ट्रक्सनले जिम्मा लिएको ३ वटा पुल ८ वर्ष वित्दासमेत निर्माण पुरा हुन सकेको छैन । 

२०६८ सालबाट ठेक्का सुरु भएको धनुषाको कमला पुल, झापाको कन्काई पुलको प्रगति हालसम्म २० प्रतिशत हाराहारी रहेको छ । सिराहाको बलान पुल निर्माण सुरु भएको ८ वर्ष भएपनि अझैँ पुरा हुन सकेको छैन ।  २०७२ सालमा सकिनु पर्ने उक्त पुल ठेकेदारको लापरवाहिका कारण अलपत्र परेको छ । 

यस्तै पप्पु र अन्य जेभी कम्पनीले ठेक्का लिएको तिनाउ खोला र दानव खोलाका २ पुलसमेत अलप परेका छन् । यी २ पुल २०७१ सालमा ठेक्का दिइएको थियो भने २०७३ सालसम्ममा सम्पन्न हुनु पर्ने थियो । तर, अहिलेसम्म उललेखनिय प्रगति हुन सकेको छैन । तिलावे पुलसमेत निर्माण हुन सकेको छैन ।


Back_to_top