काठमाडौं । विद्युतीय स्कुटरको माग बढ्न थालेसँगै विक्रेताहरु धेरैभन्दा धेरै स्कुटर मगाउन थालेका छन् । यही क्रममा सन् २०२१ मा पहिलो पटक नेपाल आएको याडिया ब्राण्डका इलेक्ट्रीक स्कुटरहरु अहिले निकै राम्रो संख्यामा विक्री भइरहेका छन् ।
कुजु नेपाल प्रालिले ल्याएको याडियाका स्कुटर निकै स्टाइलिस डिजाइनमा उपलब्ध भएको कारण धेरै मानिसले मनपराएको बुझ्न कठिन छैन । अहिले कुजु नेपालले विभिन्न ४ मोडलका स्कुटर विक्री गर्दै आएको छ ।
कम्पनीले विक्री गर्ने सबैभन्दा कम मूल्यको स्कुटर एस लाइक हो । एस लाइकको नयाँ मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ । कम्पनीले यसमा पहिलेभन्दा १५ हजार रुपैयाँले मूल्य घटाएको हो । त्यसैगरी जी फाइभ र सीवानएस स्कुटर सर्वाधिक सफल मोडल हुन् । याडिया जी फाइभको मूल्य ३ लाख ३० हजार र सिवानएसको मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ । यी दुबै मोडलमा पनि १५ हजार रुपैयाँले मूल्य घटेको हो ।
कुजु नेपालले चीनमा उत्पान भएका यूरोपियन स्टायडर्डको स्कुटर नेपालमा विक्री गर्दै आएको छ । कम्पनीले विशेषत डेलिभरी गर्ने ग्राहकलाई लक्षित गर्दै ल्याएको ‘एस लाइक डेलिभरी’ मोडलको मूल्य ३ लाख १० हजार तोकेर विक्री गर्दै आएको छ ।
याडियाका स्कुटर सिंगल चार्जमा ६० देखि १०० किलोमिटरसम्म चलाउन सकिन्छ ।

