किया सेल्टोसका सबै भेरियन्टमा ६ एयरब्याग, तल्ला भेरियन्टको मूल्य बढ्ने

काठमाडौं । कोरियन कार उत्पादक कम्पनी कियाले भारतमा उत्पादन गर्ने मिड साइज एसयूभी सेल्टोसमा सुरक्षाको नयाँ मापदण्ड बनाएको छ । कम्पनीले बनाएको नयाँ मापदण्ड अनुसार किया सेल्टोसका सबै भेरियन्टमा अब कम्तीमा ६ एयरब्याग रहनेछ ।

कियाले ६ वटा एयरब्याग स्टायडर्ड फिचरको रुपमा प्रदान गर्ने भएको हो । यसअघि अनिर्वाय २ एयरब्याग रहेको सेल्टोसमा अब ६ वटा एयरब्याग रहने भएपनि यसको मूल्यपनि बढ्ने भएको हो । यसअघि दुई एयरब्याग मात्रै भएका भेरियन्टको मूल्य बढ्ने छ ।

यसअघि किया सेल्टोसको एचटीएक्स प्लस, जीटीएक्स अप्सनल, जीटीएक्स प्लस र एक्स लाईन भेरियन्टमा मात्रै ६ वटा एयरब्याग दिइएको थियो । कम्पनीले सेल्टोसको सुरक्षा स्तर माथि उकास्न एयरब्यागको संख्या बढाउन लागेको अनुमान गरिएको छ ।

किया सेल्टोसको सन् २०२० मा भएको ग्लोबल एनक्याप क्रयास टेस्टमा ३ स्टार मात्र रेटिङ पाउन सफल भएको थियो ।

एयरव्यागको साथै किया सेल्टोसमा सुरक्षा फिचरको रुपमा इलेक्ट्रोनिक स्टेविलीटी कन्ट्रोल, भेहिकल स्टेविलीटी मेनेजमेन्ट, ब्रेक असिस्ट, हिल असिस्ट कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम तथा चारै चक्कामा डिसब्रेक पाउन सकिन्छ ।


Back_to_top