प्रोटोनको एसयूभी ‘एक्स ७०’ काठमाडौंमा परिक्षण, केही समयपछि बिक्री सुरु हुने

काठमाडौं । मलेसियन ब्राण्ड प्रोटोनले उत्पादन गरेको प्रिमियम एसयूभी ‘एक्स ७०’ काठमाडौंमा परिक्षणको क्रममा देखिएको छ । एक वर्षअघि नै जगदम्बा मोटर्सले नेपालमा ल्याउने सम्झौंता गरेको प्रोटोनको नयाँ एसयूभी परिक्षणको क्रममा देखिएको हो ।

अबको केही समयपछि यसको आधिकारीक बिक्री सुरु हुने अनुमान गरिएको छ । कम्पनीले त्यसको लागि काठमाडौंको नक्सालमा सुविधा सम्पन्न शोरुम निर्माण गरिसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा विभिन्न ४ भेरियन्टमा बिक्री वितरण भइरहेको एक्स ७० टु ह्वील ड्राइभ सिस्टम भएको एसयूभी हो । यसको स्टायडर्ड, एजुकेटीभ, प्रिमियम र प्रिमियम एक्स भेरियन्ट बिक्री वितरण हुँदै आएको छ । तर, नेपालमा कुन भेरियन्ट आउँछ भन्ने विषयमा कम्पनीले जानकारी दिएको छैन ।

एक्स ७० को स्टायडर्ड भेरियन्टमा ६ वटा एयरव्याग, १७ इन्चको अलोय ह्वील, फेब्रिक सिट, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ६ स्पीकर, रियर भ्यू क्यामेरा जस्ता फिचर दिइएको छ ।

एजुकेटीभ भेरियन्टमा एलइडी हेडल्याम्पको साथमा डे टाइम रनिङ लाइट, १८ इन्च अलोय ह्वील, पावर टेलगेट, अगाडि वेलकम ल्याम्प, लेदर सिट, ८ स्पीकर, ३६० डिग्री क्यामेरा जस्ता फिचर पाउन सकिन्छ ।

प्रिमियम भेरियन्टमा एड्भान्स ड्राइभर एसिस्टेन्स, टायर प्रेसर मोनिटर, १९ इन्चको अलोय ह्वील, फुट सेन्सर सहितको पावर टेलगेट, प्रिमियम लेदर सिट, अगाडिको यात्रुको लागि पावर सिट, ९ वटा स्पीकर जस्ता फिचर उपलब्ध रहेको छ ।

प्रिमियम एक्स भेरियन्टमा भने पानारोमिक सनरुफ दिइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रोटोन एक्स ७० मा १.८ लिटर टिजीडीआई टर्बो चार्ज्ड डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिन रहेकाे छ । यसमा रहेको १७९९ सीसी क्षमताको ४ सिलिण्डर इनलाइन १६ भल्भ डिओएचसी इन्जिनले अधिकतम १८४ पीएस पावर र ३०० एनएम टर्क प्रदान गर्छ । यसमा ७ स्पीड ड्यूल क्लच गियरबक्स दिइएको छ । यस्तै नेपाल आएको प्रोटोन एक्स ७० मा १.५ लिटर टर्वो इन्जिन रहेको छ ।

सुरक्षाको लागि सबै भेरियन्टमा ६ एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसिस्ट, अटो ब्रेक होल्ड, ट्रायाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोनोमस इमेर्जेन्सी ब्रेक, फरवार्ड कुलिङ वार्निङ, क्रुज कन्ट्रोल, व्लाइन्ड स्पर्ट इन्फर्मेशन सिस्टम, डोर वार्निङ, इन्टेलिजेनट हाई बीम कन्ट्रोल, टायर प्रेसर मोनिटर, फ्रन्ट पार्किङ सेन्सर, रियर पार्किङ सेन्सर जस्ता फिचर रहेका छन् ।


Back_to_top