काठमाडौं । शनिबार सम्पन्न मोटरसाइकल ट्रयाक रेसिङ ‘रेस वार’ सीएफ मोटो २५० एनकेका राइडरले जितेका छन् । नेपाल अटोमोबाइल्स एसोसिएसनको सहकार्यमा मोटर स्पोर्ट्स नेपाल क्लब नेपाल र मोटो वर्ल्ड नेपालले आयोजना गरेको रेस वार्समा २२ राइडरलाई पछि पार्दै राइडर दनुवारले विजेता भएका हुन् ।
रेस वार प्रतियोगितामा केटीएम ड्युक २५० राइडर अभिनव राज मल्लले दोस्रो स्थान र केटीएम ड्युक २०० राइडर विवेक पाण्डेले तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।
ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित रेस वारमा विभिन्न बाइकमा राइडरहरु प्रतिस्पर्धा गरेको थिए ।
सीएफमोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफमोटोका मोटरसाइकल बिक्री गर्दै आएको छ । सीएफमोटो २५० एनके मोटरसाइकलको मूल्य५ लाख ४९ हजार ९ सय रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
सीएफ मोटो २५० एनकेमा २४९.५ सीसीको सिंगल सिलिन्डर इन्जिन रहेको छ, जसले २७.४ बीएच पावर र २२ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ड्युअल च्यानल एबीएस, एलसीडी डिस्प्ले, इलेक्ट्रोनिक फ्युल इन्जेक्सन र १५० एमएमको ग्राउन्ड क्लियरेन्स लगायतका विशेषता रहेका छन् । यसमा १२.४ लिटरको इन्धन ट्यांकी रहेको छ ।


