टीभीएस रोनीन किन्दा निःशुल्क राइडिङ ज्याकेट र हेलमेट पाइने

काठमाडौं । टीभीएस रोनीन मोटरसाइकल किन्दा रेसिङ ज्याकेट निःशुल्क पाइने स्कीम सार्वजनिक भएको छ । टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले मोटरसाइकल किन्दा राइडिङ ज्याकेट पाइने स्कीम ल्याएको हो ।

कम्पनीले फेब्रुअरी २८ सम्म हरेक रोनीन मोटरसाइकल किन्ने ग्राहकले राइडिङ ज्याकेट र हेलमेट निःशुल्क पाउने व्यवस्था गरेको हो ।

यो योजनामा ग्राहकलाई कम्पनीले १३ हजार रुपैयाँ बराबरको टीभीएस राइडिङ ज्याकेट दिने भएको हो ।

टीभीएस रोनिनमा २२५.९ सीसी क्षमताको इन्जिन छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।

यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डिआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।

कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनीनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्र्फटका लागि वाइड सिंगल पिस सिट दिएइको छ ।

त्यस्तै यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुबै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनीनमा राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलइडी डीआरएल, साइलेन्ट स्टार्ट फिचर जस्ता फिचर दिइएको छ ।


Back_to_top