ट्रयाक्सन कन्ट्रोलको प्रयोग कहाँ गर्ने ?

काठमाडौं । आजकल साना र बजेट कारमा पनि ट्रयाक्सन कन्ट्रोल सुविधा पाउन सकिन्छ । केही वर्ष अगाडिसम्म महंगा एसयूभीहरुमा मात्रै उपलब्ध ट्रयाक्सन कन्ट्रोल ईभीको विकाससँगै सबै किसिमका गाडीमा उपलब्ध हुन थालेको हो ।

ट्रयाक्सन कन्ट्रोललाई सर्टकटमा टीसीएस भनिन्छ । यसको मुख्य काम गाडीको टायर र सडक बीच पकड बनाइराख्नु हो । विशेषगरी ओसिलो, चिप्लो, हिलो र हिमपात भएको सडकमा यसको प्रयोग धेरै आवश्यक हुन्छ । यसलाई गाडीहरुमा म्यानुअल चलाउने गरी दिएको पाइन्छ । आवश्यकता अनुसार चालकले यसको प्रयोग गर्न सक्नेछन् ।

धेरै मानिसले यसलाई सधैँ प्रयोग गर्दा ठिक हुने सल्लाह दिन्छन् । नेपालको सडक कन्डिसन अनुसार यसको प्रयोग सधैँ गर्नु उपयुक्त हुन्छ ।

ट्रयाक्सन कन्ट्रोलले कसरी गर्छ काम ?

ट्रयाक्सन कन्ट्रोल पनि सेन्सरको माध्यमले नै चल्ने हो । गाडीमा हुने ह्वील स्पीड सेन्सरको सहयाताले सडकको अवस्था र गाडीको चाललाई मापन गरेर यसले काम गर्छ । यदि तपाई कुनै अफ्ठ्यारो बाटोमा गाडीको चक्का धेरै घुमेर अगाडि बढ्न/उक्लन सक्नु भएको छैन भने ट्रयाक्सन कन्ट्रोलको सहायताले  चक्काकाे स्पीड नियन्त्रण गर्दै अगाडि बढ्न सक्नुहुन्छ ।

ट्रयाक्सन कन्ट्रोलको प्रयोग गर्दा हाइड्राेलिक मोड्युलेटर पनि सक्रिय हुन्छ । जसको सहायताले ब्रेक लागेर गाडीको चक्का स्पीन हुने समस्या पर्दैन । चालकले सहजै स्टेरिङ कन्ट्रोल गर्न सक्छ ।

त्यसैले तपाईको गाडीमा ट्रयाक्सन कन्ट्रोल सिस्टम उपलब्ध छ भने रेगुलर अन राख्न सक्नु हुन्छ । नेपालका ठूला सहरी क्षेत्रमा भने यसको अवश्यकता पर्दैन । तर, तपाई हाइवेमा यात्रा गर्दै हुनुहुन्छ भने यसको आवश्यक पर्ने थुप्रै हाइवे छन् । त्यसैले अन राखेरै गाडी चलाउँदा ठिक हुन्छ ।


Back_to_top