‘टेरेन रेस्पोन्स सिस्टम’को साथ आउँदै रेन्ज रोभरको इलेक्ट्रीक एसयूभी

काठमाडौं । रेन्ज रोभरको इलेक्ट्री मोडल अब उत्पादनको लागि तयार भएको ब्रिटिस कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यसको दोस्रो चरणमा गरिएको लामो परीक्षण पुरा भएको हो ।

उत्तरी युरोपको चिसो स्थानमा ७२ हजार ४२० किलोमिटर परीक्षण पुरा भएसँगै उत्पादन सुरु गर्ने तयारीमा कम्पनी जुटेको हो । परीक्षणको क्रममा कम्पनीले यसको थर्मल मेनेजमेन्ट सिस्टम (थर्मएसिस्ट) मा ध्यान दिएको जनाएको छ । त्यसले गाडीको इफिसियन्सी सुधार गर्न सहयोग पुगेको छ ।

यस दौरान कम्पनीले गाडीको एयर सस्पेन्सन र वान पेडल ड्राइभिङ मोडमा काम गर्यो । हरेक उत्पादकले प्रयोग गर्ने रिजेनेरेटीभ ब्रेकिङ सिस्टमको सट्टा रेन्ज रोभरले आफ्नो इलेक्ट्रीक एसयूभीमा ‘टेरेन रेस्पोन्स सिस्टम’ दिएको छ । यसले गाडीलाई अफरोडमा पनि उत्कृष्ट पर्फमेन्स गर्न सक्ने बनाएको दावी कम्पनीको छ ।

कम्पनीका अनुसार रेन्ज रोभरले आफैँले उत्पादन गरेको ब्याट्री यसमा प्रयोग गरेको छ । यसमा प्रयोग भएको ११७ किलोवाट आवरको विसाल ब्याट्रीमा ३४४ प्रिज्म्याटीक सेलहरु छन् । ब्याट्रीको रिचार्ज क्षमता, ऊर्जा घनत्व र चार्जिङ समय पनि निकै राम्रो रहने छ । यसमा ४०४ किलोवाट क्षमताको मोटर रहेको छ ।

अल ह्वील ड्राइभ सिस्टमको साथ आउने रेन्ज रोभरको इलेक्ट्रीक एसयूभीमा ‘इन्टेलिजेन्ट ड्राइभलाइन डाइनामिक टेक्नोलोजी’ दिइएको छ । यसले चालकलाई सुरक्षा प्रदान गर्छ भने टर्क ब्यवस्थापनमा पनि काम गर्ने कम्पनीको दावी छ । रोचक कुरा के छ भने यसले ५० मिलिसेकन्ड भित्रै स्लीप र ट्रयाक्सनको प्रयोग गर्छ । जुन, परम्परागत ग्यासोलिन कारको तुलनामा १०० गुणा छिटो हो ।

रेन्ज रोभरका गाडीमा पाइने ड्राइभिङ अनुभवलाई कायम राख्न कम्पनीले काम गरेको बताउँदै जेएलआर ग्रुपका इन्जिनियरिङ निर्देशक म्याट बेकर भन्छन्, ‘यसको टोर्सन क्षमता बढाएका छौं । गाडीको रेस्पोन्स क्षमता बढाइएको छ । यसले रेन्ज रोभरको आफ्नो ड्राइभिङ विशेषतालाई कायम राख्न सफल भएको छ ।’


Back_to_top