काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गत असार २४ गतेदेखि बन्द रसुवागढी नाका दशैं अगावै संचालनमा ल्याइने बताएका छन् ।
त्रिदेशीय अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजना’को अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्।
मन्त्री दाहालले रसुवागढी नाका दशैंअघि नै सञ्चालन गर्नेगरी ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु भएको बताए ।
गत असार २४ मा ल्हेन्देखोलामा आएको भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको थियो ।
‘गल्छी-रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका बेला नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई परिचालन गरिएको छ । रसुवातर्फ स्याफ्रुबेँसी-रसुवागढी सडकखण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ,’ मन्त्री दाहालले भने

