ईभी उत्पादनमा संयुक्त रुपमा लगानी गर्ने रेनो र निसानको घोषणा

काठमाडौं । फ्रेन्च अटोमोबाइल निर्माता कम्पनी रेनो र जापानी  निर्माता निसानले संयुक्त रूपमा विद्युतीय सवारी उत्पादनमा लगानी गर्ने भएका छन् ।

यी दुई कम्पनीले भारतमा ५ हजार ३०० करोड भारू लागतमा नयाँ प्रविधि, प्लेटफर्म र विद्युतीय सवारीको उत्पादनमा लगानी गर्ने भएको हो ।

कम्पनीले यो योजना अनुसार स्थानीय तथा अन्तर्राष्ट्रिय बजारका लागि ६ वटा नयाँ सवारीसाधन ल्याउने घोषणा गरेको छ । जसअन्तर्गत, दुईवटा विद्युतीय सवारीसाधन समावेश रहेका छन् ।

कम्पनीले यो लगानीबाट रेनो निसान टेक्नोलोजी एण्ड बिजनेस सेन्टर चेन्नाइमा २ हजार नयाँ रोजगारको अवसर हुने बताएको छ ।

यी दुई कम्पनीले भारतमा आफ्नो ४ नयाँ सी–सेग्मेन्ट एसयूभी सार्वजनिक गर्ने योजना बनाएका छन् । हाल यी गाडीको विवरण भने सार्वजनिक भएको छैन ।

तर, सन् २०२५ सम्ममा डेसिया बिगस्टर कन्सेप्टमा आधारीत नेक्स्ट जेनेरेसन रेनो डस्टर आउने सम्भावना छ । पाँच र सात सिट क्षमता भएको यो गाडी सीएमएफ बी प्लेटफर्ममा आधारीत हुनेछ ।


Back_to_top