ईभी चार्ज गर्दा जान्नै पर्ने ४ मुख्य कुरा

काठमाडौं । यदि तपाईं विद्युतीय सवारीसाधन (ईभी) प्रयोगकर्ता हुनुहुन्छ भने गाडी चार्ज गर्ने तरिका थाहा पाउन एकदमै जरुरी हुन्छ । प्राय प्रयोगकर्ताहरू भेहिकल चार्ज गर्न हड्बडाउने र हतार गर्ने गर्छन् । जसले गर्दा गाडीको ब्याट्रीमा समस्या आउने गर्छ ।

यसै कुरालाई मध्येनजर गर्दै हामीले यहाँ इलेक्ट्रीक भेहिकलमा चार्ज गर्ने तरिकाको बारेमा बताउने प्रयास गरेका छौँ । जुन ईभी प्रयोगकर्ताका लागि धेरै लाभदायक हुनसक्छ ।

१. चर्को घाम भएको ठाउँमा चार्ज लगाउनबाट बचाउने

चर्को घाममा इलेक्ट्रीक भेहिकल चार्जमा हाल्नु राम्रो हुँदैन । इलेक्ट्रीक भेहिकलमा लिथियम आयन ब्याट्री प्रयोग गरेको हुन्छ जसलाई अधिकतम तापक्रम प्रेसर उचित हुने मानिँदैन । ईभी चार्ज गर्दा ब्याट्रीको तापक्रम पनि बढ्ने भएकाले घाममा चार्ज नगर्नु राम्रो । यसले भेहिकल धेरै हिट हुन सक्छ र ब्याट्रीमा प्रभाव पर्छ । त्यसैले इलेक्ट्रीक भेहिकल चार्जमा लगाउँदा चर्को घामबाट बचाउन जरुरी छ ।

२. ब्याट्री पूरै डिस्चार्ज हुन नदिने

तपाईं इलेक्ट्रीक भेहिकलमा राम्रो माइलेज चाहनु हुन्छ भने ब्याट्रीको लागि सावधानी अपनाउन आवश्यक छ । ईभीको ब्याट्री पूरै डिस्चार्ज हुन दिनु राम्रो होइन । जब पूरै डिस्चार्ज ब्याट्रीको चार्जमा लगाइन्छ । सुरुआतमा जुन इलेक्ट्रीसिटी एनर्जी लाग्छ त्यो धेरै पावरफुल हुन्छ । यसले तपाईंको इलेक्ट्रीक युनिट कस्ट धेरै पर्न जान्छ । त्यसैले ब्याट्री १० वा २० प्रतिशतमा आउँदै चार्ज गर्नु उचित हुनेछ ।

३. ओभर चार्ज नगर्ने

कहिले पनि ब्याट्रीलाई जरुरतभन्दा धेरै चार्जमा नराख्ने । ब्याट्री चार्ज गर्ने समय १०० प्रतिशत हुने गरी नगर्ने । अधिकांश भेहिकलमा हुने लिथियम आयन ब्याट्रीले २० देखि ८० प्रतिशत चार्ज रेन्जमा राम्रो पर्फमेन्स दिने गर्छ । ब्याट्रीलाई लगातार पूरा क्षमतामा चार्ज गर्नु ब्याट्रीलाई दबाब दिए जस्तै हुन्छ ।

४. सकेसम्म ड्राइभ सक्ने बित्तिकै चार्जमा नराख्ने

धेरै जस्तो युजरर्सहरू भेहिकल रोक्ने बित्तिकै चार्जमा लगाइहाल्ने गर्छन् । यस्तो गर्नबाट बच्नुपर्छ । मोटरको बिजुली आपूर्ति गर्ने समय लिथियम आयन ब्याट्रीले अत्याधिक तापक्रम पैदा गरेको हुन्छ । जसले गर्दा मोटर र ब्याट्रीमा असर पर्छ । त्यसैले कम्तीमा यात्राकाे २० देखि ३० मिनेटपछि मात्रै चार्जमा राख्नु सुरक्षित मानिन्छ ।

 


Back_to_top