रेनोको टर्बो ह्याचब्याक इलेक्ट्रीकमा, यस्तो छ मूल्य

काठमाडौं । रेनोले लिमिटेड एडिसन टर्बो ह्याचब्याकको इलेक्ट्रीक मोडल सार्वजनिक गरेको छ ।

कम्पनीले सन् १९८० मा उत्पादन गरेको आर ५ टर्बो पेट्रोल इन्जिन भएको ह्याचब्याक ४५ वर्षपछि इलेक्ट्रीक भर्सनमा ल्याएको हो ।

र्याली स्पोट्स डिजाइनमा बनेको रेनोको टर्बो ह्याचब्याक नयाँ ईभी १९८० वटा मात्र उत्पादन हुनेछ । यो ईभीको रियरको दुवै चक्कामा इलेक्ट्रीक मोटर दिएको छ ।

यसमा टर्बो ३ ई इलेक्ट्रीक सिष्टम समेत रहेको छ। यसको कम्बाइन पावर ५५५ हर्सपावर रहेको छ । बडिबिल्ड रियर विङ रहेको यो ईभीले मात्र ३.५ सेकेण्डमा शून्यबाट १०० को स्पीडमा गुडाउन सक्छ ।

कम्पनीले यो लिमिटेड एडिसनको मूल्य १ लाख ५५ हजार युरो तोकेको छ । कम्पनीले टर्बो ह्याचब्याक ईभीको मूल्य महँगो राखे पनि सार्वजनिक भएको पहिलो हप्तामै ८५० युनिट बुकिङ भएको छ ।

यसको बुकिङ युरोप, जापान, मध्य एसिया र अष्ट्रेलियाबाट भएको हो । यो कार बुकिङ गर्न मात्रै ५० हजार युरो तिर्नुपर्छ ।

रेनोको यो लिमिटेड एडिसन ईभी सन् २०२७ देखि मात्रै डेलिभरी सुरू हुनेछ ।


Back_to_top