काठमाडौं । सस्तो मूल्यको ह्याचव्याक कार खोज्नेलाई रेनो क्वीड उत्कृष्ट कार हुन सक्छ । रेनोले क्वीडको ‘आरएक्सटी ओ’ भेरियन्टको बुकिङ खुल्ला गरेको छ ।
कम्पनीले रेनो क्वीड फेसलिफ्ट मोडललाई नेपाली बजारमा ल्याउने भएको हो । रेनोका उत्पादन नेपाली बजारमा एड्भान्स अटोमोवाइलले बिक्री वितरण गर्दै आएको छ ।
रेनो क्वीडको नेपाल आएको मोडल फेसलिफ्ट मोडल हो । यसलाई कम्पनीले भारतीय बजारमा सन् २०१९ मा नै उतारेको थियो । यसमा बीएस ६ मापदण्डको इन्जिन रहेको छ ।
रेनो क्वीडको फेसलिफ्ट मोडल तिहार लगत्तै नेपाली बजारमा प्रबेश गर्ने भएको छ । रेनोको लागि नेपालको आधिकारीक वितरक एड्भान्स अटोमोबाइलले क्वीडको फेलिफ्ट मोडल ल्याउन लागेको हो ।
माइक्रो एसयूभीको रुपमा बिक्री वितरण भइरहेको रेनोको सर्वाधिक बिक्री हुने क्वीड सन् २०१७ मा नेपाली बजारमा प्रबेश गरेको हो । एसयूभी प्रेरित लुक्स र उच्च ग्राउन्ड क्लियरेन्सले क्वीड सफल मोडलमा पर्छ ।
सन् २०१५ पछि पहिलोपटक पूर्ण फेसलिफ्ट भएको क्वीड नेपाल आउन लागेको हो । यसलाई कम्पनीले साउन २० गते भित्र ग्राहकलाई डेलिभरी दिनेगरि बुकिङ लिइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ ।
फेसलिफ्ट क्वीडमा आकर्षक ग्रिल, रिस्टाइल बम्पर, स्प्लिट हेडल्याम्प सेटअपसँगै एलइडी डिआरएलएस लगाइएको छ । कम्पनीले यसको फ्रन्ट र रियर साइडलाई निक्कै परिवर्तन गरेको छ ।
यसको तौल पुरानो मोडलको भन्दा ३५ देखि ४० किलोग्राम बढेको कम्पनीले जनाएको छ । यसको लम्बाई पुरानाको भन्दा ५२ एमएम बढी रहेको छ । यसको बम्परलाई र ह्वीलवेशलाई परिमार्जन गरिएको छ ।
यसको इन्टेरियरमा नयाँ डिजाइनको ड्यास बोर्ड दिइएको छ । क्वीडमा डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, स्टेयरिंग ह्वील, ट्राइबरमा लगाइएको लार्ज साइज ८.० इन्चको टचस्क्रिन इन्फोटेनेमन्ट सिस्टम रहेको छ ।
रियरमा पावर विन्डो लगाइएको छ भने, फ्रन्टमा प्यासेन्जर एयरब्याग दिइएको छ । यसमा रियर पार्किङ सेन्सर, एन्ड्रोइड अटो, एप्पल कार प्ले, रियर सिट आर्मेस्ट, एयरब्याग, एबीएस, इबीडी, रियर सेन्सर, सिटबेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ ।
पुरानो जस्तै नयाँ फेसलिफ्ट मोडल पनि १.० लिटर पेट्रोल इन्जिन उपलब्ध रहेको छ । ९९८ सीसी क्षमताको इन्जिनले ६८ पीएस पावर र ९१ एनएम टर्क उत्पादन गर्छ ।
यसको नेपाली बजारमा मूल्य २५ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ । यसलाई किन्न चाहने ग्राहकले १० हजार रुपैयाँ दिएर बुकिङ गर्न सक्ने जनाइएको छ ।

