भारतीय इलेक्ट्रीक टु ह्वीलर्स कम्पनी रेभोल्ट इन्टेलीकर्पले आफ्नो उत्पादनहरु आरभी ४०० र आरभी ३०० इलेक्ट्रीक मोटरसाइकलको बिक्री बढाउन थालेको छ ।
कम्पनीले २०१९ मा नै यी मोटरसाइकलको बिक्री दिल्ली र पुणेमा सुरु गरेको थियो । अब कम्पनीले अन्य सहरहरुमा पनि यी मोटरसाइकलको बिक्री सुरु गरेको हो ।
कोभिड १९ संक्रमणको कारण अन्य सहरहरुमा यी मोटरसाइकलको बिक्री गर्ने योजना पछि धकेलिएको भन्दै कम्पनीले अब भने नियमित बिक्री सुरु हुने जनाएको छ ।
रेभोल्ट आरभी ४०० मा ३.२४ किलोवाटको लिथियम आयन व्याट्री दिइएको छ । यो मोटरसाइकलले एक पटकको फुल चार्जमा १५६ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ ।
त्यसैगरि आरभी ३०० मा भने १.५ किलोवाट क्षमताको व्याट्री प्याक दिइएको छ । यो मोटरसाइकलले एक पटकको फुल चार्जमा १८० किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने एआएआईले प्रमाणित गरेको छ ।
भारतीय बजारमा उत्पादन भएका यी इलेक्ट्रीक मोटरसाइकल नेपाल ल्याउन केही व्यापारीक घरानाहरुले प्रयास गरिरहेको बसझिएको छ ।


