रोयल इनफिल्ड गोअन क्लासिक ३५० बिक्री सुरू, मूल्य आकर्षक

काठमाडौं । रोयल इनफिल्ड नेपालले ३५० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले नयाँ गोअन क्लासिक ३५० मोटरसाइकल बिक्री सुरू गरेको हो ।

बबर क्लासिक डिजाइनमा आधारित गोअन क्लासिक ३५० चार कलर अप्सनमा उपलब्ध भएको छ । जसमा शार्क ब्ल्याक, पर्पल हेज, ट्रिप टील र रेभ रेड अप्सन समावेश छन् ।

फिचरका आधारमा कम्पनीले यो मोटरसाइकल निकै आकर्षक मूल्यमा ल्याएको छ । कम्पनीले शार्क ब्ल्याक र पर्पल हेजको ५ लाख ९८ हजार रुपैयाँ तोकेको छ । त्यस्तै, ट्रिप टिल र रेभ रेडको ६ लाख २ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरू गरेको छ ।

गोअन नेपालमै एसेम्बल भएको मोटरसाइकल हो । गोअन क्लासिक ३५० भारतमा निर्माण भएको २०२६ को नयाँ उत्पादन मोडल हो । निकै आकर्षक र बबर इन्स्पायर्ड डिजाइनमा आएको यो मोटरसाइकल युवा लक्षित डिजाइनमा आएको हो । त्यससैले गोअनले आफ्नो सिग्नेचर स्टाइल-सिट बबर स्टाइलिङ कायमै राखेको देखिन्छ।


यसमा फ्लोटिङ राइडर सिट, ह्वाइटवाल एज-टाइप आल्मुनियम, टयुबलेस स्पोक ह्वील्स, चोपर स्टाइल फेण्डर, स्ल्यास-कट एक्जस्ट, मिड एप ह्याण्डलबार, बार इण्ड मिरर, सिंगल स्प्लीट सिट, यू आकारको अपराइट ह्याण्डलबार, राउण्ड हेडलाइट, एलईडी लाइट, एलईडी इण्डिकेटर दिइएको छ । जसले मोटरसाइकललाई बोल्ड कस्टम कल्चर झल्काउने प्रिमियम लुक दिएको छ।

गोअनमा ३४९ सीसी एयर-कुल्ड, सिंगल सिलिण्डर, एफआई, बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम २०.२ ब्रेकहर्स पावर र २७ एनएम टर्क जेनेरेट गर्छ। यो इन्जिनलाई बबर स्टाइल अनुरूप स्मुद र आरामदायी राइडिङ अनुभव दिन विशेष रूपमा टयुन गरिएको छ।

५ स्पीड गियरबक्स भएको यो मोटरसाइकलमा डबल च्यानल एबीएस, दुवै पाँग्रामा डिस्क ब्रेक, एनालग स्पीडोमिटर र सेमी डिजिटल कन्सोल, यूएसबी चार्जिङ पोर्ट जस्ता फिचरहरू छन् । साथै, एडजष्टेबल गियर/ब्रेक लिभर, स्पोक ह्वील ट्युबलेस टायर लगायत फिचर छन् । यसले राइडरलाई थप सहज, सुरक्षित र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ ।

नेपाली बजारमा रोयल इनफिल्डको क्लासिक ३५०, हिमालयन ४५०, मेटियर ३५० र हन्टर लगायतका मोडलहरू उपलब्ध छन् । यी सबै नेपालमै एसेम्बल भएका मोडल हुन् ।


Back_to_top