रोयल इनफिल्ड हन्टरले पूरा गर्‍यो १ लाख यूनिटको माइलस्टोन, कहिले आउला नेपाल ?

काठमाडौं । रोयल इनफिल्ड हन्टरले १ लाख यूनिटको माइलस्टोन पूरा गरेको छ । सार्वजनिक भएको ६ महिनामै कम्पनीले १ लाख यूनीट हन्टर ३५० मोटरसाइकल विक्री गर्न सफल भएको हो ।

चेन्नाई वेस प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्ड मासिक १७ हजार यूनिट हाराहारीमा हन्ट विक्री गरेको हो ।

हन्टर ३५० तीन भेरियन्टमा भारतीय बजारमा विक्री भइरहेको छ । जसमा हन्टर रेट्रो, हन्टर मेट्रोर र हन्टर मेट्रो रेवेल रहेको छ ।

हन्टर रेट्रो यसको वेस भेरियन्ट रहेको छ भने यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक रहेको छ । बेस भेरियन्टमा बेसिक इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यसका अन्य भेरियन्टमा भने डबल डिस्क ब्रेक तथा कनेक्टेड फिचरसहितको कन्सोलका साथै डबल च्यान एबिएस उपलब्ध छ । वेस भेरियन्टमा भने सिंगल च्यानल एबीएस पाउन सकिन्छ ।

रोयल इनफिल्डले हन्टरमा पनि ३५० सीसी क्षमताको इन्जिन रहेको छ । कम्पनीले मेटियर ३५० कै समान प्लेटफर्ममा हन्टर ३५० उत्पादन गरेको हो । रोयल इनफिल्डको नयाँ प्लेटर्फम जे सिरिजको इन्जिन हन्टरमा दिइएको छ ।

हन्टरमा ३४९ सीसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एयर एण्ड आयल कुल्ड सिस्टम रहेको छ । यो इन्जिनले ६१०० आरपीएममा अधिकतम २०.२ हर्सपावर र ४००० आरपीएममा अधिकतम २७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । इन्जिनसँग ५ स्पीडको गियरबक्स उपलब्ध छ ।

नेपालमा कहिले

अल्फा अटोमोबाइल्सले हाल नेपाली बजारमा क्लासिक ३५० र मेटिअर ३५० विक्री गर्दै आएको छ । कम्पनीले नक्सालमा अन्तर्राष्ट्रिय स्तरको शोरुम संचालनमा ल्याउने तयारी गरी रहेको छ भने देशका विभिन्न स्थानमा डिलर नेटवर्क विस्तारका कामसमेत सुरू गरेको छ ।

आक्रमक बजार विस्तारमा लागेको अल्फा अटोमोबाइल्सले भारतमा निकै चर्चित मोटरसाइकल हन्टर ३५० चाँडैनै नेपाल ल्याउने अनुमान गर्न सकिन्छ । कम्पनी स्रोतका अनुसार अझै ५/६ महिना हन्टर नेपाल आउन समय लाग्नेछ ।


Back_to_top