कनेक्टेड फिचरसहित रोयल इन्फिल्डको नयाँ मोटरसाइकल सार्वजनिक

सांकेतिक तस्विर

काठमाडौं । भारतीय बजारमा रोयल इन्फिल्ड मेटियोर ३५० सार्वजनिक भएको छ । रोयल इन्फिल्ड थन्डरबर्ड ३५० लाई मेटियोर ३५० ले बिस्थापन गरेको हो ।

कम्पनीले १ लाख ७५ हजार रुपैयाँ सुरुवाती मूल्य राखेर ३ भेरियन्टमा सार्वजनिक गरेको हो । फायरवेल भर्सनको मूल्य १ लाख ७५ हजार, स्टेलरको १लाख ८१ हजार र सुपरनोभा भर्सनको मूल्य १ लाख ९० हजार भारतीय रुपैयाँ तोकेको छ ।

कम्पीनीले रेट्रो इन्स्पायर डिजाइनमा ल्याएको यो मोटरसाइकल थन्र्डरबर्डको झल्को दिन्छ । कम्पनीले थन्र्डरवर्ड सिरिजको उत्पादन बन्द गरिसकेको छ ।

कम्पनीले आफ्ना उत्पादनमा पहिलो पटक कनेक्टेड फिचर प्रयोग गरेको हो । रोयल इन्फिल्डले मेटियोर ३५०मा स्मार्ट फोन कनेक्ट गर्न सकिने इन्स्ट्रुमेन्ट कन्सोल प्रयोगमा ल्याएको छ । यसमा चालकले टर्न वाई टर्न नेभिगेशनको प्रयोग गर्न सक्नेछन् ।

मेटियोर ३५० मा ३४९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले २०.२ बीएच पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।


Back_to_top