४० लाख मूल्यमै १५ सिट क्षमताको नयाँ माइक्रोबस !

काठमाडौं । फोटोनको ‘भ्यू सी२’ माइक्रोबस नेपाल आउने भएको भएको छ । उक्त माइक्रोबस फोटोनको आधिकारीक बिक्रेता एमएडब्ल्यू वृद्धिले नेपाल ल्याउने भएको हो ।

कम्पनीले ल्याउने नयाँ माइक्रोबसको मूल्य ४० देखि ५० लाखको बीचमा मूल्य कायम हुने बताएको छ । अहिले नेपाल ल्याउने प्रक्रियामा रहेको उक्त माइक्रोबसको मूल्य भने केहि दिनपछि सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

‘हामीले यसको मूल्य ४० देखि ५० लाख भित्र पर्ने अनुमान गरेका छौं । तर, गाडी आउन केहि समय लाग्ने भएकाले यसको मूल्यमा कुनै वर्कआउट भएको छैन’, कम्पनी स्रोतले बतायो ।

कम्पनीले यसअघि ल्याएको ‘भ्यू सिएस२ एल’ १९ सिट क्षमताको माइक्रोबसमा ग्राहकको चाहना धेरै रहेकोले नयाँ कम मूल्यमा १५ सिट क्षमताको माइक्रोबस ल्याउन लागेको कम्पनीले जनाएको छ । यसको बिक्री २०२१ को जनवरी अन्तयसम्ममा सुरु हुने बताइएको छ ।

आकर्षक लुक्स, स्टाइलिस बडी डिजाइन, उच्च पावर र आरामदायी यात्राको लागि आवश्यक फिचर र सुरक्षाको हिसावले पनि उत्कृष्ट रहेकाले भ्यू सिएस२ एलले निकै राम्रो बजार पाएको छ । यस्तोमा कम्पनीले यसकै सानो साइजमा नयाँ माइक्रोबस ल्याउन लागेका हो ।


Back_to_top