किन रोक्यो इनफिल्डले ‘स्क्रयाम-४४०’को बिक्री ? यस्तो छ कारण

काठमाडौं । रोयल इनफिल्डले हालैमात्र भारतीय बजारमा सार्वजनिक गरेको स्क्रयाम-४४० को बिक्री रोकिएको छ । स्क्रयाम-४४० को इन्जिनमा समस्या देखिएपछि कम्पनीले बिक्रीमा रोक लगाएको हो ।

कम्पनीले पहिलो पटक २०२४ नाभेम्बरमा सार्वजनिक गरेको स्क्याम-४४० को इन्जिन स्टार्टमा समस्या देखिएपछि बिक्री तथा बुकिङ नै बन्द गरिएको हो ।

स्क्रयाम-४४० मा केही समय चलाएर रोकिए पछि पुनः स्टार्ट नहुने समस्या देखिएको हो । कम्पनीले मोटरसाइकलको ‘उडरुफ कि कम्पोनेन्ट’मा समस्या भएकोले स्टार्टमा समस्या आएको जनाएको छ । कम्पनीले अप्रिल १० देखि मोटरसाइकलको बिक्री रोकेको थियो ।

कम्पनीका अनुसार समस्या आएको कम्पोनेन्ट डिलरमा पुगेको र स्क्रयाम-४४० का ग्राहकलाई निःशुल्क कम्पोनेन्ट फेर्न थालिएको छ । अब जुन २०२५ देखि पुनः बुकिङ र बिक्री खुला गर्ने तयारी भइरहेको छ ।

स्क्रयाम-४४० मोटरसाइकलमा पहिले बजारमा रहेको स्क्रयाम ४११ को तुलनामा नयाँ हेडलाइट, पुरा नयाँ एलइडी लाइट, बल्की फ्युल ट्याकं, राउन्ड रियरभ्यू मिरर, नयाँ सिंगल पिस सिट, ट्वीक गरिएको नयाँ टेल सेक्सन, नयाँ इन्स्ट्रुमेन्ट कन्सोल र ट्रिपर नेभिगेसन पोड दिएको छ ।

त्यसैगरी, यस मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक ट्राभल सस्पेन्सन सेटअप छ । दुबै टायरमा स्ट्यान्डर्ड डबल डिस्क ब्रेकसँगै डबल च्यानल एबीएस (स्वीचेबल रियर एबीएस) रहेको छ ।

कम्पनीले स्क्रयाम-४४० मोटरसाइकलमा ४४३ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर/आयल कूल्ड, एसओएचसी इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम २४.४ बीएचपी पावर तथा ३४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।

यो मोटरसाइकल नेपाली बजारमा अहिलेसम्म बिक्री सुरु भएको छैन । नेपाली बजारमा हाल स्क्रयाम-४११ को बिक्री वितरण भइरहेको छ । नेपाल यो मोटरसाइकल कहिले आउँछ भन्ने यकिन छैन् । रोयल इनफिल्ड मोटरसाइकल नेपाली बजारमा अल्फा अटोमोटिभले बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top