काठमाडौं । यामाहाका पार्ट्स अब घरमै डेलिभरी हुने भएको छ । यामाहा मोटरसाइकल तथा स्कुटरका स्पेयर पार्ट्स अब दराज अनलाइन मार्फत घरमै मगाउन सकिने भएको हो ।
यसबाट देशभरका यामाहा सवारीधनीहरूले जुनसुकै ठाउँबाट र जुनसुकै समयमा सहज रूपमा स्पेयर पार्ट्स खरिद गर्न सक्नेछन् ।
यामाहा ग्राहकहरूले अब स्पेयर पार्ट्स खोज्नु पर्ने अवस्थाको अन्त्य गर्दै कम्पनीले दराज अनलाईन मार्फत पार्ट्स अर्डर गर्न सकिने कम्पनीको भनाइ छ ।
यामाहा नेपालका अनुसार, दराजमा यामाहाका मोटरसाइकल र स्कुटरका लागि छुट्टै यामाहा जेन्युइन स्पेयर पार्ट्सको क्याटलग उपलब्ध गराइएको छ ।
यी सबै पार्ट्स कम्पनीकै मापदण्डअनुसार गुणस्तर, पर्फर्मेन्स, टिकाउ र सुरक्षाको उच्च स्तर सुनिश्चित हुने गरी निर्माण गरिएका हुन् । यसले सवारीलाई राम्रो अवस्थामा राख्न सहयोग पुर्याउँछ ।
सवारी साधनहरू लामो समय टिक्नको लागि जेन्युइन पार्ट्सको प्रयोग महत्वपूर्ण हुन्छ । सस्तो वा नक्कली पार्ट्स प्रयोग गर्दा समस्या आउने, नटिक्ने वा सवारीमै क्षति पुर्याउने सम्भावना बढी हुन्छ ।
अनलाईन मार्फत पार्टस् अर्डर गर्दा नक्कली पार्टस् आउने सम्भावना शुन्य हुने कम्पनीको भनाइ छ ।