बसपछि २५ वटा विद्युतीय माइक्रोबस किन्दै साझा यातायात

काठमाडौं । साझा यातायातले २५ वटा विद्युतीय माइक्रोबस ल्याउने भएको छ । हाल ठूला विद्युतीय बस संचालन गरिरहेको साझाले आफ्नो सेवा विस्तार गर्न विद्युतीय माइक्रोबस ल्याउने भएको हो ।

सोमबार एक सूचना जारी गर्दै साझाले २५ वटा विद्युतीय माइक्रोबस र ५ वटा इलेक्ट्री स्कुटर खरिदका लागि टेन्डर आह्वान गरेको हो ।

इच्छुक बिक्रेताले एक महिना (असार २६ गते) भित्र साझा यातायातको कार्यालयमा आवेदन दिनुपर्नेछ । माइक्रोबसको लागि टेन्डर हाल्नेले ३० लाख र स्कुटरका लागि ३० हजार रुपैयाँ धरौटी राख्नुपर्ने साझाले जनाएको छ ।

साझाले हाल काठमाडौं उपत्यकामा ४० वटा विद्युतीय बस संचालन गरिरहेको हो । उपत्यका बाहिरका सहमा सेवा विस्तारका लागि विद्युतीय माइक्रोबस ल्याउन लागेको हो ।

साझाले विद्युतीय माइक्रोबस कुन रुटमा संचालन गरिने नखुलाए पनि काठमाडौं नजिकका गन्तव्यहरूमा संचालन गर्ने योजना रहेको जनाइएको छ ।


Back_to_top