काठमाडौं । साँखुबाट नगरकोट जाने बाटो बिस्तार अन्तिम चरणमा पुगेको छ । तोकिएको मितिमा लगभग सम्पन्न भएको उक्त सडक बिस्तारपछि साँखुबाट नगरकोट करिब २० मिनेटमा पुग्न सकिने छ । २८ महिनाको ठेक्का लागेको उक्त सडकमा चार महिना समय थप गर्दै काम सम्पन्न हुने अवस्थामा पुगेको छ । अहिले दैनिक १.५ किलोमिटरको दरले कालोपत्रे गर्ने काम भइरहेको छ ।
करिब ११ किलोमिटर उक्त सडक खन्डमा अहिले धमाधम कालोपत्रे भइरहेको छ । बिरुवा कन्स्ट्रक्सनले सडक बिस्तारको जिम्मा लिएको थियो ।
‘अबको १२ दिनभित्र साँखुदेखि नगरकोटसम्मको ११ किलोमिटर सडक खन्ड पूर्णरुपमा कालोपत्रे हुने छ’ बिरुवा कन्ट्रक्सन स्रोतले मेरोअटोसँग भन्यो ।

साँखु आफैमा एउटा एतिहासिक सहर हो भने यहाँबाट नगरकोटसम्म हाईकिङ रुटसमेत रहेको छ । साँखु, पालुबारी, कार्तिके हुँदै नगरकोट पुग्ने उक्त सडक खन्डको काम पुरा भएसँगै यो रुटबाट यात्रा गर्नेको निकै ठुलो भिड हुने अनुमान गरिएको छ ।
चाबहिल साँखु सडक बिस्तारसमेत भइरहेकोले उक्त खन्डको कामसमेत पुराभएपछि यो रुट भएर नगरकोट जाने आन्तरिक र बाहिय पर्यटकको भिड लाग्ने अनुमान स्थानिय वासिन्दाको रहेको छ ।




