तीन आकर्षक इलेक्ट्रीक मिनी बाइक सार्वजनिक

काठमाडौं । इटालीयन इभी निर्माता स्कार्पोनीले इलेक्ट्रीक मिनीबाइक उत्पादन सुरु गरेको छ । कम्पनीले उत्पादन सुरु गरेको मिनीबाइक अगाडिबाट झट्ट हेर्दा होन्डा ग्रोम जस्तै देखिन्छ ।

स्कार्पोनीले तीन मोडलको मिनी बाइक सार्वजनिक गरेसँग यसलाई लिएर विभिन्न बहस भइरहेका छन् । कम्पनीले एसपी रियालीटीभीटी, एससी डेन्सीटी र सिआर ग्राभिटी मोडल सार्वजनिक गरेको हो ।

यी सबै मोडलमा कम्पनीले प्रोजेक्टर हेडल्याम्पको साथमा एलइडी डे टाइम रनिङ लाइट दिएको छ । यी तीन वटै मोडल दुई कलरको बडी प्यानलको साथ आएको छ । यी तीनवटै मोडलमा सिट कभर, कलर र सामान्य बडी डिजाइनमा फरक पाउन सकिन्छ ।

कम्पनीले यी तीनवटै मोडलमा दुई मोटर अप्सन दिएको छ । जसमा सानोमा ३ किलोवाट हब माउन्टेड र ठूलोमा ५ किलोवाट मिड माउन्टेड मोटर दिएको छ । सबै मोडलमा कम्पनीले ३.७ किलोवाट आवरको व्याट्री प्रदान गरेको छ । यो व्याट्रीलाई एक पटक फुलचार्ज गर्दा १०० किलोमिटर गुडाउन सकिन्छ ।

सबै लाइट एलइडी प्रयोग भएको यी मोटरसाइकलमा स्कार्पोनीले एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्स दिएको छ । साथै, सबै मोडलको दुबै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ ।

यी मोडलको मूल्य कम्पनीले ३ हजारदेखि ३ हजार ५०० यूरो कायम गरेर विक्री सुरु गरेको हो ।


Back_to_top