दैनिक १३९ रुपैयाँ किस्तामा स्कुटर, बिना डाउन पेमेन्टमा मोटरसाइकल

काठमाडौं । पेट्रोलको मूल्य १९९ रुपैयाँ प्रतिलिटर पुगेको छ । यसरी बढेको पेट्रोलको मूल्यले सामान्य मानिसको दैनिक खर्च निकै बढाएको छ । सवारीसाधन पनि नभइ नहुने र मासिक खर्चपनि धेरै बढ्ने भएसँगै नागरिकहरु सामाजिक संजालमा आफ्नो मासिक खर्चको बारेमा विभिन्न टिप्पणी गर्न थालेका छन् ।

तर, नेपालको लागि सुपर शोको आधिकारीक वितरक डिलाइफ स्टाइलले दैनिक १३९ रुपैयाँ किस्ता, सून्य प्रतिशत डाउन पेमेन्ट जस्ता स्कीम ल्याएर इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल विक्री गर्दै आएको छ । यस्तोमा नयाँ सवारी साधन किन्न चाहनेको लागि यी स्कीम निकै उपयोगी बन्न सक्छन् ।

कम्पनीले दैनिक १३९ रुपैयाँ मासिक किस्तामा उपलब्ध गराउने स्कीम स्कुटरमा दिएको हो । उक्त स्कीममा उपलब्ध सियू मिनी स्कुटरको मूल्य १ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ । यसलाई एक पटकको फुल चार्जमा ६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले मोटरसाइकलहरु सून्य प्रतिशत डाउन पेमेन्टमा समेत खरिद गर्न सक्ने अफर दिएको छ । सून्य प्रतिशत डाउन पेमेन्टमा सुपर शोकोका मोटरसाइकल किन्न चाहने ग्राहकले १२, १८ र २४ महिनाको किस्ताबन्दीमा किन्न सक्नेछन् । डाउन पेमेन्ट बापतको पैसा नतिरेपनि ब्याज बापत लाग्ने रकम भने सुरुमा नै तिर्नु पर्ने कम्पनीले जनाएको छ ।

यसरी ब्याज बापतको रकम तिरेपछि मोटरसाइकलको मूल्यलाई मासिक किस्तामा भाग लगाएर तिर्नु पर्ने हुन्छ । सुपर शोकोले निकै पावरफुल मोटरसाइकलहरु ल्याएर विक्री गर्दै आएको छ ।

कम्पनीले विक्री गर्ने टीसी म्याक्स मोडलको मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । यो मोटरसाइकललाई एक पटकको फुल चार्जमा ११० किलोमिटरसम्म गुडाउन सकिन्छ ।

कम्पनीले टीसी मोडलमा दुई अप्सन बजारमा विक्री गर्दै आएको छ । सिंगल ब्याट्री भएको टीसी मोडलको मूल्य २ लाख ९५ हजार ९०० रुपैयाँ छ । यसलाई फुल चार्जमा ८० किलोमिटर गुडाउन सकिन्छ । त्यसैगरी डबल ब्याट्री भएको मोडलको मूल्य ३ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । यसमा रहेको ब्याट्रीलाई फुलचार्ज गर्दा १६० किलोमिटर गुडाउन सकिन्छ ।

सुपर शोको टीसी वन्डर मोडल पनि दुई भेरियन्टमा नै उपलब्ध रहेको छ । यसको सिंगल ब्याट्री भएको मोडलको मूल्य ३ लाख ८९ हजार ९०० र डबल ब्याट्री भएको मोडलको मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top